NBF Logo

मैले मेरा इच्छाहरू पूरा गर्ने प्रयास गर्नुको सट्टा मेरा इच्छाहरूलाई सीमित गरेर खुशी खोज्न सिकेको छु।

मेरो धार्मिकता प्रेम र करुणा हो। - महामहिम १४ औं दलाई लामा

यदि कुनै कुराको समाधान गर्न सकिन्छ भने किन दुखी हुनु, र यदि यसलाई समाधान गर्न सकिँदैन भने दुखी हुनुको के अर्थ?

इच्छालाई त्याग्नु भनेको हाम्रो दैनिक जीवनमा वास्तविक खुशी र सन्तुष्टि प्राप्त गर्नु हो।

धर्म बिनाको विज्ञान अन्धो छ। विज्ञान बिनाको धर्म लङ्गडो छ।

कुनै पनि खराब बानी नसिक्नुहोस् – केवल पूर्ण पुण्यपूर्ण कर्म सिक्नुहोस्। आफ्नो मनलाई वशमा राख्नुहोस्: यो भगवान बुद्धको शिक्षा हो।

वास्तविक अभ्यास बिना केवल सिकाइको कुनै अर्थ छैन। अभ्यास नगर्ने विद्वान मानिस सुगन्ध बिनाको रंगीन फूल जस्तै हो।

मैले मेरा इच्छाहरूलाई कम गर्दै खुशी प्राप्त गर्न सिकें।

ज्ञान बिना मुक्ति छैन, करुणा बिना ज्ञान छैन।

आफ्नै दीयो आफै बन।

जसले आफैलाई जित्छ, उ सबैभन्दा ठूलो विजेता हो।

मुस्ताङको चार गाउँपालिकामा जनचेतना कार्यक्रम

Posted: October 6, 2021

मुस्ताङको चार गाउँपालिकामा जनचेतना कार्यक्रम

नेपाल बौद्ध महासङ्घले विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ, नेपाल) सँग समन्वय गरी मुस्ताङ, जिल्लाको घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा बौद्ध शिक्षाको माध्यमबाट वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम गत असोज १२ देखि १५ गतेसम्म आयोजना गरी सम्पन्न भएको थियो ।

चार ओटा गाउँपालिकामा आयोजना गरिएको उक्त जनचेतना कार्यक्रम असोज १२ गतेका दिन घरपझोङ गाउँपालिका, वडा नम्बर ४, जोमसोम बहुउद्देश्यीय समाज घरको सभा कक्षामा गण्डकी प्रदेशका प्रदेश संसद् माननीय महेन्द्र थकालीको प्रमुख अतिथिमा, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हामो गुरुङ, उपप्रमुख राजेन्द्र शेरचन, गाउँपालिका अध्यक्ष, आस बहादुर थकाली आदिको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसै गरी असोज १३ गतेका दिन वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ४, कागबेनीमा रहेको महिला सङ्घको सभा कक्षामा गाउँपालिका अध्यक्ष श्री फेन्चोक छेप्तेन गुरुङको प्रमुख अतिथिमा, असोज १४ गतेका दिन लो–घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर १, ल्हो चराङ दोर्जेदेन साक्य गोन्पाको सभा कक्षामा गाउँपालिका प्रमुख श्री लोब्साङ छोम्फेल बिस्टज्यूको प्रमुख अतिथिमा र असोज १५ गतेका दिन लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ महिला सङ्घको सभा कक्षामा मोन्छोे डाकर थेग्छेन लिङ, लोमान्थाङ गोन्पाका श्रद्धेय खेन्पो कुन्गा तेन्जीनज्यू प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमहरूमा वडा अध्यक्षहरू तथा प्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत त्यसैगरी धार्मिक तथा सामाजिक सङ्घ, संस्था, गोन्पा तथा आमा समूहका प्रतिनिधिहरूको साथै गाउँलेहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई नेपाल बौद्ध महासङ्घका अध्यक्ष आचार्य नुर्बु शेर्पा, ङिफुग गोन्पाका खेन्पो ज्याम्याङ तेन्जीङ, नामग्यल गोन्पाका खेन्पो खेनराब साङ्पो, नेपाल बौद्ध महासङ्घका केन्द्रीय सदस्य छिङ छ्योपे गुरुङ, पेमा छाल गोन्पा विद्यालयका प्रधानाध्यापक ङावाङ टासी गुरुङ र नेपाल बौद्ध महासङ्घका कार्यालय प्रमुख आचार्य सार्की शेर्पाले सहजीकरण गरिएको थियो ।

Gallery