NBF Logo

मैले मेरा इच्छाहरू पूरा गर्ने प्रयास गर्नुको सट्टा मेरा इच्छाहरूलाई सीमित गरेर खुशी खोज्न सिकेको छु।

मेरो धार्मिकता प्रेम र करुणा हो। - महामहिम १४ औं दलाई लामा

यदि कुनै कुराको समाधान गर्न सकिन्छ भने किन दुखी हुनु, र यदि यसलाई समाधान गर्न सकिँदैन भने दुखी हुनुको के अर्थ?

इच्छालाई त्याग्नु भनेको हाम्रो दैनिक जीवनमा वास्तविक खुशी र सन्तुष्टि प्राप्त गर्नु हो।

धर्म बिनाको विज्ञान अन्धो छ। विज्ञान बिनाको धर्म लङ्गडो छ।

कुनै पनि खराब बानी नसिक्नुहोस् – केवल पूर्ण पुण्यपूर्ण कर्म सिक्नुहोस्। आफ्नो मनलाई वशमा राख्नुहोस्: यो भगवान बुद्धको शिक्षा हो।

वास्तविक अभ्यास बिना केवल सिकाइको कुनै अर्थ छैन। अभ्यास नगर्ने विद्वान मानिस सुगन्ध बिनाको रंगीन फूल जस्तै हो।

मैले मेरा इच्छाहरूलाई कम गर्दै खुशी प्राप्त गर्न सिकें।

ज्ञान बिना मुक्ति छैन, करुणा बिना ज्ञान छैन।

आफ्नै दीयो आफै बन।

जसले आफैलाई जित्छ, उ सबैभन्दा ठूलो विजेता हो।

सिन्धुपाल्चोक जिल्लाको चार गाउँपालिकामा जनचेतना कार्यक्रम

Posted: November 20, 2021

सिन्धुपाल्चोक जिल्लाको चार गाउँपालिकामा जनचेतना कार्यक्रम

सिन्धुपाल्चोक, मङ्सिर ३

नेपाल बौद्ध महासंघले विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ, नेपाल) सँग समन्वय गरी सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका र भोटेकोशी गाउँपालिकामा बौद्ध शिक्षाको माध्यमबाट वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम गत कार्तिक २६ देखि मङ्सिर २ गतेसम्म आयोजना गरी सम्पन्न भएको थियो ।


चार ओटा गाउँपालिकामा आयोजना गरिएको उक्त जनचेतना कार्यक्रम कार्तिक २६ गतेका दिन पाँचपोखरी थाङपाल गाउँपालिका, वडा नम्बर ४, मणिखर्क अतिथि गृहको सभा कक्षामा खेन्पो ङिमा दोन्डुपज्यूको प्रमुख अतिथि, गाउँपालिका प्रशासकीय अधिकृत दिनेश कुमार पोखरेल, वडाध्यक्षहरू, पाँचपोखरी थाङपाल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष आदिको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी कार्तिक २८ गतेका दिन हेलम्बु गाउँपालिकाको वडा नम्बर १ तिम्पुमा रहेको को सामुदायिक भवनको प्राङ्गणमा खेन्पो ङिमा दोन्डुपज्यूको प्रमुख अतिथि र आमा समूह, तिम्पुका अध्यक्ष लंटाङ राष्ट्रिय निकुञ्ज, हेलम्बु, तिम्पुका प्रतिनिधि तिम्पु मणि सङ्घका अध्यक्ष, गोन्पाका प्रतिनिधिहरूको अतिथिमा, कार्तिक ३० गतेका दिन जुगल गाउँपालिका ढाँडे–४ मा, श्रद्धेय खेन्पो ङावाङ नाम्गेलज्यूको प्रमुख अतिथि, वडा नम्बर ४ का वडाध्यक्ष श्री प्रेम तामाङ, भू.पू. गाउँ विकास समितिका अध्यक्ष जल बहादुर लामा, विशेष अतिथि, गोन्पाका प्रतिनिधिहरू, समाजसेवीहरूको अतिथिमा र मङ्सिर २ गतेका दिन भोटेकोशी गाउँपालिका वडा नं. १ बगाम, सूर्योदय आधारभूत विद्यालयको प्राङ्गणमा वडा नं. १ वडाध्यक्ष मुके शेर्पाको प्रमुख अतिथि, वडा सदस्य, त्यस क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, आमा समूहका अध्यक्षहरूको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमहरूमा धार्मिक तथा सामाजिक सङ्घ, संस्था, गोन्पा तथा आमा समूहका प्रतिनिधिहरूको साथै गाउँलेहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा, शाक्यमुनि बौद्ध समाजका संस्थापक अध्यक्ष श्रद्धेय खेन्पो ङिमा दोन्डुप, शेडुप शुङ्डेलिङ गोन्पा, भोटेकोशी गाउँपालिका वडा नं. १ का प्रमुख, श्रद्धेय खेन्पो ङावाङ नाम्गेल, नेपाल बौद्ध ञिङमा सङ्घका सचिव भिक्षु आङ फुरी शेर्पा नेपाल बौद्ध महासंघका कार्यालय प्रमुख आचार्य सार्की शेर्पाले सहजीकरण गरिएको थियो ।


Gallery