NBF Logo

मैले मेरा इच्छाहरू पूरा गर्ने प्रयास गर्नुको सट्टा मेरा इच्छाहरूलाई सीमित गरेर खुशी खोज्न सिकेको छु।

मेरो धार्मिकता प्रेम र करुणा हो। - महामहिम १४ औं दलाई लामा

यदि कुनै कुराको समाधान गर्न सकिन्छ भने किन दुखी हुनु, र यदि यसलाई समाधान गर्न सकिँदैन भने दुखी हुनुको के अर्थ?

इच्छालाई त्याग्नु भनेको हाम्रो दैनिक जीवनमा वास्तविक खुशी र सन्तुष्टि प्राप्त गर्नु हो।

धर्म बिनाको विज्ञान अन्धो छ। विज्ञान बिनाको धर्म लङ्गडो छ।

कुनै पनि खराब बानी नसिक्नुहोस् – केवल पूर्ण पुण्यपूर्ण कर्म सिक्नुहोस्। आफ्नो मनलाई वशमा राख्नुहोस्: यो भगवान बुद्धको शिक्षा हो।

वास्तविक अभ्यास बिना केवल सिकाइको कुनै अर्थ छैन। अभ्यास नगर्ने विद्वान मानिस सुगन्ध बिनाको रंगीन फूल जस्तै हो।

मैले मेरा इच्छाहरूलाई कम गर्दै खुशी प्राप्त गर्न सिकें।

ज्ञान बिना मुक्ति छैन, करुणा बिना ज्ञान छैन।

आफ्नै दीयो आफै बन।

जसले आफैलाई जित्छ, उ सबैभन्दा ठूलो विजेता हो।

नेपाल बौद्ध महासंघको भावी कार्ययोजना प्रस्तुत, रिन्पोछेज्यूबाट आशीर्वचन

Posted: March 16, 2025

नेपाल बौद्ध महासंघको भावी कार्ययोजना प्रस्तुत, रिन्पोछेज्यूबाट आशीर्वचन
काठमाडौँ, चैत्र २ गते – नेपाल बौद्ध महासंघले क्याब्जे राब्ज्यम रिन्पोछेज्यूको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा महासंघका भावी कार्ययोजना प्रस्तुत गरिएको थियो, साथै सल्लाह–सुझाव संकलन र सहयोग अनुरोध पनि गरिएको थियो । कार्यक्रममा नेपाल बौद्ध महासंघका सल्लाहकार, चारै परम्पराका अध्यक्ष तथा प्रतिनिधिहरू, र विभिन्न क्षेत्रका समाजसेवीहरूको सक्रिय सहभागिता थियो ।
 
कार्यक्रमको शुरुआत नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा) द्वारा महासंघको स्थापनाकालदेखि हालसम्मका कार्य प्रगतिको विवरण प्रस्तुत गरिँदै गरिएको थियो । अध्यक्षले वर्तमानमा सञ्चालन भइरहेको बौद्ध शिक्षा र संरक्षणका कार्यक्रमहरू, दीर्घकालीन दायित्वहरू, र सामुदायिक नेतृत्वको महत्त्व विषय समेत उजागर गर्नुभयो । उहाँले महासंघको भावी कार्ययोजनामा बौद्ध शिक्षाको विकास, जनशक्ति उत्पादन, र अन्तरधार्मिक सहिष्णुता जस्ता प्रमुख बिषयहरूमा कार्य गरिने जानकारी दिनुभयो ।
 
कार्यक्रमको प्रमुख अतिथि, श्रद्धेय क्याब्जे शेचेन राब्ज्यम रिन्पोछेज्यूले महासंघको स्थापना र यसका कार्यहरूको प्रशंसा गर्दै भन्नुभयो, "नेपालका हिमाली समुदायहरूको आआफ्नो छुट्टै पहिचान रहेको छ र यिनीहरू विश्वभरि प्रसिद्ध छन् । यस समुदायको भाषा, धर्म र संस्कृति अत्यन्त महत्त्वपूर्ण छ ।" रिन्पोछेज्यूले सम्पूर्ण हिमाली समुदायहरुले बालबालिकाहरुलाई विद्यालय स्तरबाटै बौद्ध शिक्षा र परम्पराहरू सिकाउनुमा एकताबद्ध हुनुपर्ने आशीर्वचन पनि दिनुभयो । साथै, उहाँले आर्थिक सहयोग पनि गर्नुभएको थियो ।
 
कार्यक्रममा उपस्थित समाजसेवीहरूले नेपाल बौद्ध महासंघको प्रगति र भविष्यका योजनामा आवश्यक सहयोगका बारेमा मन्तव्य राख्दै, कार्यक्रम स्थलमै आर्थिक सहयोग गर्नुभएको थियो । साथै, धेरै जनाले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका थिए ।

अध्यक्षज्यूले "यस कार्यक्रमले नेपाल बौद्ध महासंघको कार्यलाई थप मजबुत बनाउने र बौद्ध शिक्षा परम्परालाई ग्रामिण क्षेत्रका जनसमुदायसम्म पुर्याउनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सबै जनालाई धन्यवाद गर्नुभएको थियो।"