NBF Logo

मैले मेरा इच्छाहरू पूरा गर्ने प्रयास गर्नुको सट्टा मेरा इच्छाहरूलाई सीमित गरेर खुशी खोज्न सिकेको छु।

मेरो धार्मिकता प्रेम र करुणा हो। - महामहिम १४ औं दलाई लामा

यदि कुनै कुराको समाधान गर्न सकिन्छ भने किन दुखी हुनु, र यदि यसलाई समाधान गर्न सकिँदैन भने दुखी हुनुको के अर्थ?

इच्छालाई त्याग्नु भनेको हाम्रो दैनिक जीवनमा वास्तविक खुशी र सन्तुष्टि प्राप्त गर्नु हो।

धर्म बिनाको विज्ञान अन्धो छ। विज्ञान बिनाको धर्म लङ्गडो छ।

कुनै पनि खराब बानी नसिक्नुहोस् – केवल पूर्ण पुण्यपूर्ण कर्म सिक्नुहोस्। आफ्नो मनलाई वशमा राख्नुहोस्: यो भगवान बुद्धको शिक्षा हो।

वास्तविक अभ्यास बिना केवल सिकाइको कुनै अर्थ छैन। अभ्यास नगर्ने विद्वान मानिस सुगन्ध बिनाको रंगीन फूल जस्तै हो।

मैले मेरा इच्छाहरूलाई कम गर्दै खुशी प्राप्त गर्न सिकें।

ज्ञान बिना मुक्ति छैन, करुणा बिना ज्ञान छैन।

आफ्नै दीयो आफै बन।

जसले आफैलाई जित्छ, उ सबैभन्दा ठूलो विजेता हो।

गोन्पा शिक्षा शिक्षक तालिम शुरु

Posted: October 2, 2018

गोन्पा शिक्षा शिक्षक तालिम शुरु

शैक्षिक तालिम केन्द्र धुलिखेलको आयोजनामा गोन्पा विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई आजदेखि १० दिने शिक्षकको पेशगत विकास (टी.पी.डी.) तालिम शैक्षिक तालिम केन्द्र धुलिखेलमा शुरु भएको छ । उक्त तालिम कार्यक्रम विहान १०ः३० बजे सोहि तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक श्री सिताराम कोइरालज्यूको प्रमुख आतिथ्यमा भएको थियो । उत्घाटन सत्रमा नेपाल बौद्ध महासंघका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा तथा गोन्पा विहार व्यवस्थापन परिषद्का अध्यक्ष आचार्य नुर्बु शेर्पाको पनि उपस्थिति रहेको थियो ।

 

नेपाल सरकारले धार्मिक प्रकृतिका परम्परागत गोन्पा विद्यालयलाई शिक्षाको मूलधारमा समेट्ने निर्णय गरेपछि पाठ्यक्रम विकास केन्द्रबाट हालसम्मा माध्यमिक तहसम्मको (कक्षा १—१०) पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेको छ । साथै उच्चमाध्यमिक तह कक्षा ११, १२ को पाठ्क्रम लेखन कार्य अन्तिम चरणमा पुगेको छ । गोन्पा विद्यालयहरूमा प्रदान गरिने शिक्षालाई गुणस्तरीय बनाउँनका लागि गोन्पामा अध्यापनरत शिक्षकहरूको शिक्षण सीप र पेसागत दक्षताको अभिवृद्धि गर्नको लागि शैक्षिक जनाशक्ति विकास केन्द्रबाट २०६७ सालदेखि १० दिने शैक्षिक तालिम केन्द्रहरूमा सञ्चालन गर्दै आएको छ ।

दैनिक तीन सत्रमा सञ्चालन हुने तालिममा भोट भाषाको पढाइ, लेखाई, सुनाइ, बोलाइ सिप शिक्षण, भोट भाषाको शव्द भण्डर विकास, सिर्जनात्मक कला शिक्षण विधि, गोन्पा शिक्षाको पाठ्यक्रम आदि विभिन्न विषयमा विषय विज्ञहरुले प्रशिक्षण दिने छन् । गत शुक्रबारदेखि विहारहरुमा अध्यापनरत शिक्षकहरुका लागि पनि १० दिने शिक्षकको पेशगत विकास तालिम शैक्षिक तालिम केन्द्र धुलिखेलकै आयोजनामा शैक्षिक जनाशक्ति विकास केन्द्रमा सञ्चालन भैरहेको छ ।

Gallery