NBF Logo

मैले मेरा इच्छाहरू पूरा गर्ने प्रयास गर्नुको सट्टा मेरा इच्छाहरूलाई सीमित गरेर खुशी खोज्न सिकेको छु।

मेरो धार्मिकता प्रेम र करुणा हो। - महामहिम १४ औं दलाई लामा

यदि कुनै कुराको समाधान गर्न सकिन्छ भने किन दुखी हुनु, र यदि यसलाई समाधान गर्न सकिँदैन भने दुखी हुनुको के अर्थ?

इच्छालाई त्याग्नु भनेको हाम्रो दैनिक जीवनमा वास्तविक खुशी र सन्तुष्टि प्राप्त गर्नु हो।

धर्म बिनाको विज्ञान अन्धो छ। विज्ञान बिनाको धर्म लङ्गडो छ।

कुनै पनि खराब बानी नसिक्नुहोस् – केवल पूर्ण पुण्यपूर्ण कर्म सिक्नुहोस्। आफ्नो मनलाई वशमा राख्नुहोस्: यो भगवान बुद्धको शिक्षा हो।

वास्तविक अभ्यास बिना केवल सिकाइको कुनै अर्थ छैन। अभ्यास नगर्ने विद्वान मानिस सुगन्ध बिनाको रंगीन फूल जस्तै हो।

मैले मेरा इच्छाहरूलाई कम गर्दै खुशी प्राप्त गर्न सिकें।

ज्ञान बिना मुक्ति छैन, करुणा बिना ज्ञान छैन।

आफ्नै दीयो आफै बन।

जसले आफैलाई जित्छ, उ सबैभन्दा ठूलो विजेता हो।

परम्परागत गोन्पा शिक्षा प्रणालीका प्रमाणपत्रहरूको समकक्षता निर्धारण विषयमा छलफल

Posted: September 12, 2024

परम्परागत गोन्पा शिक्षा प्रणालीका प्रमाणपत्रहरूको समकक्षता निर्धारण विषयमा छलफल

नेपालमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएको परम्परागत गोन्पा शिक्षा प्रणाली (शेडा) अन्तर्गत प्रदान गरिएका खेन्पो, लोपोन, गेशे आदिका प्रमाणपत्रहरूको समकक्षता निर्धारण गर्नका लागि शेडा सञ्चालन गर्दै आएका गोन्पाका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको छ। उपस्थित गोन्पा प्रतिनिधिहरूले समकक्षताको लागि आफ्ना परम्पराअनुसार अध्ययन र अध्यापन गर्दै आएको पाठ्यक्रम र प्रदान गरिएका उपाधि प्रमाणपत्रहरूलाई सम्बन्धित निकायसँग छलफल गर्नका लागि शीघ्र नेपाल बौद्ध महासंघलाई पेस गर्ने निर्णय गरेका छन्।


पेस गरिएका काजजातहरूलाई महासंघले राष्ट्रिय पाठ्यक्रम प्रारुपसँग तुलनात्मक अध्ययन गरी प्रतिवेदन तयार गर्ने र सम्बन्धित निकायसँग छलफलका लागि लैजाने महासंघका अध्यक्ष गेशे नोर्बु थुन्डु शेर्पा (थुप्तेन जिन्पा) ले बताउनु भएको छ।