धुलिखेल, जेष्ठ–२३
शैक्षिक तालिम केन्द्र धुलिखेलको आयोजनामा गोन्पा विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई आजदेखि १० दिने शिक्षकको पेशगत विकास (टी.पी.डी.) तालिम शैक्षिक तालिम केन्द्र धुलिखेलमा शुरु भएको छ । उक्त तालिम कार्यक्रम विहान १०ः३० बजे सोहि तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक श्री सिताराम कोइरालज्यूको प्रमुख आतिथ्यमा भएको थियो । उत्घाटन सत्रमा नेपाल बौद्ध महासंघका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा तथा गोन्पा विहार व्यवस्थापन परिषद्का अध्यक्ष आचार्य नुर्बु शेर्पाको पनि उपस्थिति रहेको थियो ।
काठमाण्डौं असोज २७
नेपाल बौद्ध महासंघको पाँचौँ महाधिवेशन परम श्रद्धेय खेन्छेन नाम्डोल रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा तीनचुली बौद्धमा सुसम्पन्न भएको छ । कार्यक्रममा महासंघका उपाध्यक्ष आचार्य नुर्बु शेर्पाले सभालाई स्वागत् गर्नु भएको थियो । त्यस्तै महासचिव खेन्पो कमल भण्डारीबाट त्रिवर्षीय महासचिवको प्रतिवेदन प्रस्तुत गरिएको थियो । तत्पश्चात् विभिन्न संघ संस्थाका प्रतिनिधि, महासंघका सल्लाहकारहरू र चार महायान बौद्ध परम्पराका अध्यक्ष तथा प्रतिनिधिहरूबाट शुभकामना मन्तव्य राखिएको थियो । प्रमुख अतिथि रिन्पोछेज्यूले मन्तव्य राख्ने क्रममा महासंघले विगतका दिनहरूमा बौद्ध धर्म, दर्शन, संस्कृति आदि शिक्षा क्षेत्रमा गरिएका कार्यहरूको प्रसंशा गर्नु हुंदै भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । पाँचौँ महाधिवेशनको शुभ अवसारमा प्रकाशन गरिएको स्मारिकालाई कार्यक्रमका प्रमुख अतिथि रिन्पोछेज्यूले विमोचन गर्नु भएको थियो ।
काठमाण्डौ, असार २
नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा पर्व यस वर्ष स्वयंभू स्थित मुस्ताङ गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको उपस्थितिमा दुई दिने सागा दावा विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । प्रणिधान (मोन्लाम) कार्यक्रममा विशेष अतिथिको रूपमा श्रद्धेय सेर्कोङ रिन्पोछे र श्रद्धेय खेन्पो सोनाम टासी रिन्पोछेज्यूलाई आमण्त्रण गरिएको थियो । असार १ र २ गते दुई दिन भएको सागा दावा मोन्लाम पूजा कार्यक्रम स्थलमा बुद्धको अस्तु धातु (रिङ्सेल) पनि श्रद्धालु भक्तजनहरूलाई दर्शनको राखिएको थियो ।
काठमाण्डौ, मंसिर १५
नेपाल बौद्ध महासंघको आयोजनामा नेपालका विभिन्न दलित संघसंस्थाका प्रतिनिधिहरु र भारतका Neo-Buddhists (डा. अम्बेडकर अनुयायी) बौद्धहरूबीच एक दिवसीय कार्यशाला गोष्ठी भूवलडाँडा, तीनचुलीमा सम्पन्न भएको छ ।