नवलपरासी – चैत्र २२
नेपाल बौद्ध महासंघका अध्यक्ष फुपु छेम्बे शेर्पाले यस वर्षदेखि नेपालका सम्पूर्ण बौद्धमार्गीहरूको संयुक्त आयोजनामा विश्वशान्तिका महानायक भगवान् गौतम बुद्धको जन्म जयन्तीलाई सप्ताह ब्यापी कार्यक्रमका साथ मनाउँने कार्यक्रम रहेको बताउनु भएको थियो ।
नवलपरासी – चैत्र २२
नेपाल बौद्ध महासंघका अध्यक्ष फुपु छेम्बे शेर्पाले यस वर्षदेखि नेपालका सम्पूर्ण बौद्धमार्गीहरूको संयुक्त आयोजनामा विश्वशान्तिका महानायक भगवान् गौतम बुद्धको जन्म जयन्तीलाई सप्ताह ब्यापी कार्यक्रमका साथ मनाउँने कार्यक्रम रहेको बताउनु भएको थियो ।
नेपाल मगर बौद्ध सेवा समाज, केन्द्रीय समितिको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा शेर्पाले भने ‘बुद्ध नेपालमा जन्मे पनि गत वर्ष बुद्ध जयन्ती कै दिन सुर्खेत काँक्रेविहार परिसरमा बुद्धमूति स्थापना गर्ने कार्यलाई स्थानीय प्रहरी प्रशासनले रोकेको छ , सो बुद्धमूर्तिलाई समयमै प्रतिस्थापना गर्न नसके अन्तरराष्ट्रिय स्तरमा राष्ट्रको छबिनै धुमिल हुन्छ । शाक्यमुनि बुद्ध राष्ट्रिय विभूति भएकोले पनि राज्यपक्षबाट यस मूर्तिलाई सोही स्थानमा प्रतिस्थापना गर्नु पर्दछ ।’
हाल नेपालको आधुनिक शिक्षामा नैतिक शिक्षाको कमी रहेको विषयमा शेर्पाले भने ‘आधुनिक शिक्षामा नैतिक शिक्षाको कमी रहेकोले विद्यार्थीहरू साक्षर भएपनि शिक्षित हुन सकेको छैन । विद्यार्थीलाई शिक्षित बनाउँनका लागि नैतिक शिक्षाको जरुरी पर्दछ । त्यसैले बुद्धको उपदेशलाई विद्यालयहरुमा नैतिक शिक्षाको रुपमा अध्यापन गर्न सके विद्यार्थीहरु मात्र नभई यसबाट देशमा सकरात्मक परिवर्तन ल्याउन सकिन्छ ।’ धार्मिक प्रकृतिका परम्परागत गोन्पा विहार शिक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि राष्ट्रि शिक्षा ऐनमा धार्मिक प्रकृतिका विद्यालय सम्बन्धि छुट्टै व्यवस्था हुनु पर्दछ’ शेर्पाले भने ।
click here for more photos https://www.facebook.com/media/set/?set=a.423586204452827.1073741869.273631819448267&type=3&uploaded=5