काठमाण्डौ, जेठ–२७
नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा पर्व यस वर्ष बौद्ध स्थित शेक्षेन गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको व्यापक उपस्थितिमा दुई दिने विशेष पूजा कार्यक्रम गरी सम्पन्न भएको छ । चार सत्रमा सम्पन्न भएको पूजा कार्यक्रममा विशेष अतिथिको रुपमा एक एक सत्रमा पालै पालो चारै परम्पराका विशिष्ठ श्रद्धेय रिन्पोछेहरूलाई आमण्त्रण गरिएको थियो ।
काठमाण्डौ, जेठ–२७
नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा पर्व यस वर्ष बौद्ध स्थित शेक्षेन गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको व्यापक उपस्थितिमा दुई दिने विशेष पूजा कार्यक्रम गरी सम्पन्न भएको छ । चार सत्रमा सम्पन्न भएको पूजा कार्यक्रममा विशेष अतिथिको रुपमा एक एक सत्रमा पालै पालो चारै परम्पराका विशिष्ठ श्रद्धेय रिन्पोछेहरूलाई आमण्त्रण गरिएको थियो ।
उक्त सागा दावा मोन्लाम पूजाको शुुभावसारमा थाइल्याण्डको धर्मकाय फाउण्डेशनद्वारा नेपाल बौद्ध महासंघलाई प्रदान गरिएको बुद्धको अस्तु धातु (रिङ्सेल) लाई श्रद्धालु भक्तजनहरुलाई दर्शन गराएको थियो । नेपाल बौद्ध महासंघले पूर्णिमाको दिन कार्यक्रम स्थालबाट नै नेपालमा रहेका चारै बौद्ध पराम्पराका संस्थाहरूलाई प्रति संस्था तीन, तीन ओटा बुद्धको अस्तु धातु (रिङ्सेल) वितरण गरिएको थियो ।
बौद्धमार्गीहरूले सागा दावा अर्थात् बैशाख महिनालाई पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्ध समाजले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ बैशाख भनिएको हो । सादा दावा पर्व शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग पुण्य तिथि परेको बैशाख पूर्णिमाका दिन पर्दछ । विशेष गरी यो पर्व बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व भए तापनि हिमाली बौद्ध समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिनापछि पर्दछ । तर पनि नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा एक साथ पर्ने गर्दछ । किनभने भोट ज्योतिष पात्रोमा अधिकमास परे तापनि नेपाली चन्द्रपात्रोमा अधिकमास नपरेको हुँदा सादा दावा पुनः जेष्ठ महिनामा पर्दछ ।
नेपालका बौद्धमार्गीहरूले बौद्ध पवित्र स्थालहरूमा विभिन्न कार्यक्रमका साथ सागा दावा पर्व मनाएको थियो । सागा दावा पर्वका दिन बौद्ध, स्वयंभू, नमो बुद्ध आदि पवित्र स्थानका चैत्यहरूको परिसरमा आस्था र विश्वासका साथ परिक्रम, पाठपूजा, मन्त्र जप, अष्ठांग ढोक आदि पुण्य कार्यहरूको लागि बौद्धमार्गीहरूको घुइँचो लागेको छन् । पूर्णिमाको दिनमा गोन्पाहरूमा भिक्षु, श्रमणेर, श्रमणेरिका र उपसाकहरू शील धारण गरी ञ्युङन्ये व्रत बस्ने प्रचलन रहेको छ ।
सादा दावा पर्व त्रिसंयोग पूण्य तिथि परेकोले बौद्ध, स्वयंभू आदि पवित्र स्थाल परिक्रम, अष्ठांग ढोक, पाठपूजा गर्न आउनेहरूका लागि विभिन्न संघ संस्थाहरुले निःशुल्क पानीको, भोजन दानको साथै सामन्य स्वास्थ्य उपचारकोे पनि राम्रो व्यास्था गरिएको पाईन्छ । बौद्ध परिसरमा रहेका गोन्पाहरूमा पाठपूजाको साथै धार्मिक प्रवचन आदि कार्यक्रमको आयोजन गरिएको थियो ।
Click here for more photos : https://www.facebook.com/permalink.php?story_fbid=1077552095722898&id=273631819448267