काठमाण्डौ जेठ–१९
नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा पर्व यस वर्ष बौद्ध स्थित टासी सम्तेन लिङ्ग गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको व्यापक उपस्थितिमा दुई दिने विशेष पूजा कार्यक्रम गरी सागा दावा मोन्लाम कार्यक्रम सम्पन्न गरिएको छ । यस वर्षको मोन्लाम पूजा विशेष गरी गत बैशाख १२ र २९ गतेको महाविनाशकारी भूकम्पाबाट मृत्यु भएकाहरुको आत्म चीर शान्ति र घाईतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरी पाठपूजा गरिएका थियो ।

नेपालका बौद्धमार्गीहरूले बौद्ध पवित्र स्थालहरूमा विभिन्न कार्यक्रमका साथ सागा दावा पर्व मनाई रहेका छन् । सागा दावा पर्वका दिन बौद्ध, स्वयंभू, नमो बुद्ध आदि पवित्र स्थानका चैत्यहरूको परिसरमा आस्था र विश्वासका साथ परिक्रम, पाठपूजा, मन्त्र जप, अष्ठांग ढोक आदि पुण्य कार्यहरूको लागि बौद्धमार्गीहरूको घुइँचो लागेको छन् । आजको दिनमा गोन्पाहरूमा भिक्षु, श्रमणेर, श्रमणेरिका र उपसाकहरू शील धारण गरी ञ्युङन्ये व्रत बस्ने प्रचलन रहेको छ ।
बौद्धमार्गीहरूले सागा दावा अर्थात् बैशाख महिनालाई पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्ध समाजले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ बैशाख भनिएको हो । सादा दावा पर्व शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग पुण्य तिथि परेको बैशाख पूर्णिमाका दिन पर्दछ । विशेष गरी यो पर्व बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व भए तापनि हिमाली बौद्ध समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिनापछि पर्दछ । तर पनि नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा एक साथ पर्ने गर्दछ । किनभने भोट ज्योतिष पात्रोमा अधिकमास परे तापनि नेपाली चन्द्रपात्रोमा अधिकमास नपरेको हुँदा सादा दावा पुनः जेष्ठ महिनामा पर्दछ ।
सादा दावा पर्व त्रिसंयोग पुण्य तिथि परेकोले बौद्ध, स्वयंभू आदि पवित्र स्थाल परिक्रम, अष्ठांग ढोक, पाठपूजा गर्न आउनेहरुका लागि विभिन्न संघ संस्थाहरुले निःशुल्क पानीको, भोजन दानको साथै सामन्य स्वास्थ्य उपचारकोे पनि राम्रो व्यास्था गरिएको पाईन्छ । बौद्ध परिसरमा रहेका गोन्पाहरुमा पाठपूजाको साथै धार्मिक प्रवचन आदि कार्यक्रमको आयोजन गरिएका छन् ।
उक्त पूजामा विशेष अतिथिको रुपमा एक एक सत्रमा पालै पालो चारै परम्पराका विशिष्ठ श्रद्धेय रिन्पोछेहरूलाई आमण्त्रण गरिएको थियो ।