काठमाण्डौं श्रावण ३०
राजधानीको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म सडकमा कालो झण्डा, प्लेकार्ड र कालो व्यानर सहित विभिन्न धर्मावलम्बीहरुले प्रदर्शन गरेका छन् ।
धर्मनिरपेक्ष राज्य कायम गर ।, धार्मिक विभेद अन्त्य गर ।, धर्मनिरपेक्ष विनाको संविधान मान्दैनौं ।, एलक धर्म राज्य मान्दैनौं ।, धार्मिक सहिष्णुता कायम गर ।, सम्पूर्ण जनताको चाहना धर्मनिरपेक्ष राज्यको कामना ।, पहिचान विनाको संघियाता मान्दैनौं ।, पूर्ण समानुपातिक समाबेशी प्रतिनिधित्व सुनिश्चित गर । जस्ता नारा लेखिएका प्लेकार्ड सहित बौद्ध, किराँत, इस्लाम, इसाई र बोन धर्मावलम्बीहरूको साथै आदिवासीजनजाति, मधेसी, मुस्लिम, खश र महिलाहरुको व्यपक उपस्थिति रहेको थियो । जुलुुसपछि नयाँ बानेश्वर संविधानसभा भवन अगाडि आयोजित कोणसभामा, विभिन्न वक्ताहरुले आफ्नो मन्तव्य राख्ने क्रममा धर्मनिरापेक्ष र पहिचान सहितको संघीयता विना कुनै पनि हलतमा संविधान स्वीकार नहुने विचार राखे ।

१) धर्म निरपेक्ष राज्य ।, २) राष्ट्रिय स्वधीनतको रक्षा ।, ३) पहिचान सहितको संघीयता ।, ४) अल्पसंख्यक समुदायहरूलाई स्वायत्त क्षेत्र तथा विशेष संरक्षित क्षेत्र ।, ५) पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व ।, ६) लोकतन्त्र ।, ७) मुस्लीम, महिला, दलित, अपांग र अति सिमान्तकृत समुदायहरूको विशेष अधिकार आदि साझा मुद्धहरू रहेका गठबन्धनमा १. धर्म निरपेक्ष संरक्षण महासमिति (बौद्ध, किराँत, इस्लाम, इसाइ, बोन धर्म सम्वद्ध), २. आदिबासी जनजाति राष्ट्रिय आन्देलन, नेपाल, ३. संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति, ४. समृद्ध मधेश नागरिक अभियान, ५. राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन, ६. खशान संघर्ष समिति रहेका छन् ।
Click here for more photos.
https://www.facebook.com/permalink.php?story_fbid=692146047596840&id=273631819448267