गत असोज २८ गतेका दिन वाराणसीबाट १५ दिने शैक्षिक भ्रमणमा आउनु भएका विद्यार्थीहरुलाई भुवलडाँडा, तीनचुलीमा नेपाल बौद्ध महासंघले चियापान कार्यक्रमका साथ स्वागत गरिएको छ ।
गत असोज २८ गतेका दिन वाराणसीबाट १५ दिने शैक्षिक भ्रमणमा आउनु भएका विद्यार्थीहरुलाई भुवलडाँडा, तीनचुलीमा नेपाल बौद्ध महासंघले चियापान कार्यक्रमका साथ स्वागत गरिएको छ ।
स्वागत कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष फुपु छेम्बे शेर्पाले नेपाल बौद्ध महासंघको परिचयको साथै महासंघको योजनाको विषयमा जानकारी गराउँनु भएको थियो । उहाँले वाराणसीमा अध्यायनरत नेपाली विद्यार्थीहरुलाई अध्यायन सम्पन्न पश्चात् नेपालमा फर्केर आफ्नो समुदाय र नेपालको शिक्षा क्षेत्रमा कार्य गर्न विषेश अनुरोध गर्नु भएको थियो । त्यसै गरी महासंघका महासचिव आचार्य नुर्बु शेर्पाले पनि गोन्पा शिक्षाको वर्तमान अवस्था र चुनौतिको विषयमा जानकारी गराउँनु भएको थियो ।
Click here for Photos https://www.facebook.com/media/set/?set=a.524777771000336.1073741873.273631819448267&type=3&uploaded=3