२६/काठमाडौं – नेपाल बौद्ध महासंघको आयोजनामा वातावरण तथा वन्यजन्तु संरक्षण सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम आजबाट सुरु भएको छ । वन तथा भु–संरक्षण मन्त्री मोहमद अकिल मुसलमानको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको सो कार्यक्रममा नेपाली काग्रेसका सभासद जीप छिरिङ लामा, पासाङ ल्हमु पर्वतारोहण प्रतिष्ठानका अध्यक्ष कृपासुर शेर्पा, नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा, बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा, डब्लु बब्लु एफ का डा. घनश्याम गुरुङ (ग्युर्मेन लामा) लगायतका विभिन्न गुम्बाहरुबाट आएका चारै सम्प्रादायका
बौद्ध भिक्षुहरुको उपस्थिती रहको थियो ।
डब्लु बब्लु एफको सहयोगमा नेपाल बौद्ध महासंघले आयोजना गरेको सो कार्यक्रमले विशेष गरी नेपालको वातावरण र त्यसमा अहिलेको जल्दोबल्दो समस्या जलबायु परिवर्तनले पारेको असरका बिषयमा प्रशिक्षण गराई सो को न्युनीकरणका लागि खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरिने बताइएको छ । कार्यक्रममा बोल्दै वन तथा भु–संरक्षण मन्त्री मोहमद अकिल मुसलमानले यस जलबायु परिवर्तनको असरले भविष्यमा नेपालमा अवस्थित सगरमाथा लगायतका हिमशिखरहरु नै लोप भएर जान सक्ने खतरा प्रति चिन्ता व्यक्त गर्नुभएको थियो । जलबायु परिवर्तन मानवीय कारणले भएको हुनाले यसको न्युनीकरणको बिषयमा विशेष चासो र तत्परता देखाउनुपर्ने उहाँको सुझाव रहको थियो । कार्यक्रममा सभासद जीप छिरिङ लामा डा. घनश्याम गुरुङ लगायतले सम्बोधन गर्नुभएको थियो । उद्घाटनको कार्यक्रम समापन पछि जलबायु परिवर्तनको बारेमा र जलबायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय नीतिको विषयमा प्रशिक्षण तथा अन्तरकृया भएको थियो ।