काठमाण्डौ जेष्ठ–३
बौद्ध स्थित पाल दिल्याक गोन्पामा नेपाल बौद्धमहासंघले वार्षिक रुपमा आयोजना गरिने सागा दावा मोन्लाम पाठपूजा आज सम्पन्न भएको छ । वार्षिक रुपमा पूर्णिमाको दिन आयोजना गरिने साका दावा मोन्लाम पूजा यस वर्ष शाक्यमूनि बुद्धको जन्म स्थल लुम्बिनीमा २५६० औं बुद्ध जयन्तीलाई नेपाल सरकारबाट अन्तराष्ट्रिय बुद्ध जयन्तीको रुपमा आयोजना गरिएको हुँदा बुद्ध जयन्ती कार्यक्रममा गोन्पाहरुका लामाहरु सहभागी हुने भएकोले नवमी र दशमीको दिनमा नै मोन्लाम पूजा आयोजना गरिएको थियो ।

सागा दावा अर्थात् बैशाख महिनालाई बौद्धमार्गीहरुले पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई बौद्धमार्गीहरुले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ भनिएको हो । यो महिना शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोगको महिना पर्दछ । त्यसैले यो महिनामा बौद्ध, स्वयंभू, नमो बुद्ध आदि पवित्र स्थानका चैत्यहरुको परिसरमा बौद्धमार्गीहरु आस्था र विश्वासका साथ परिक्रम, पाठपूजा, मन्त्र जप, अष्ठांग ढोक आदि पुण्य कार्य गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । गोन्पाहरुमा भिक्षु, श्रमणेर, श्रमणेरिका र उपसाक, उपसिकाहरु शील धारण गरी ञ्युङन्ये व्रत बस्ने गर्दछन् ।
नेपाल बौद्ध महासंघले आयोजना गरिएको उक्त साकादावा मोन्लाम पाठपूजा कार्यक्रममा विभिन्न गोन्पाहरुबाट लामाहरुको व्यापक उपस्थिति रहेका थिए । साथै पूजा कार्यक्रमको प्रत्यक सत्रमा महायान बौद्धका चार परम्परा (ञिङमा, काग्युद, सक्या, गेलुक) बाट विशिष्ठ श्रद्धेय रिन्पोछेहरुलाई आमण्त्रण गरिएको थियो ।
Click here for more photos https://www.facebook.com/permalink.php?story_fbid=821274138017363&id=273631819448267