बुद्धमूर्ति प्रतिस्थापनाको माग गर्दै बौद्धमागीहरु रिले अनशनमा
५– भाद्र, काठमाण्डौं
सुर्खेत, काँक्रेबिहार परिसरमा स्थानिय बौद्धमार्गीहरुले राख्न खोजिएको बुद्धको मूर्तिलाई सोही स्थानमा नै प्रतिस्थापना गर्न पाउनुपर्ने माग गर्दै बौद्धमार्गीहरू रत्नपार्कस्थित शान्तिवाटिकामा मंगलबादेखि ९ गते आइतबारसम्मको लागि रिले अनशनमा बसेका छन् ।
५– भाद्र, काठमाण्डौं
सुर्खेत, काँक्रेबिहार परिसरमा स्थानिय बौद्धमार्गीहरुले राख्न खोजिएको बुद्धको मूर्तिलाई सोही स्थानमा नै प्रतिस्थापना गर्न पाउनुपर्ने माग गर्दै बौद्धमार्गीहरू रत्नपार्कस्थित शान्तिवाटिकामा मंगलबादेखि ९ गते आइतबारसम्मको लागि रिले अनशनमा बसेका छन् ।
स्थानीय बौद्धमार्गीहरूले लाटीकोइली गा. वि. स. वडा नं. ८ अवस्थित काँक्रेविहारमा भगवान् बुद्धको एक थान प्रतिमा स्थानपना गर्न खोजदा प्रहरी प्रशासनले रोक्दै बुद्धको मूर्तिलाई खोसेर लगिएपछि बौद्धमार्गीहरुले सुर्खेत र काठमाण्डौंमा विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । बुद्धमूति प्रतिस्थापनाको विषयमा सुर्खेत काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिले पकट पटक सरकाससँग आग्रह गर्दा पनि कुनै सुनवाई नभएपछि पहिलो चरणको आन्दोलन गत असार २६ र २७ गते दुई दिन प्रधानमन्त्री निवास, बालुवाटरमा शान्ति प्रदर्शनमा उत्रिएको थियो । शान्ति प्रदर्शनलाई पनि सरकारले वेवास्ता गरेको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरी श्रावण ७ गतेदेखि १२ गतेसम्म राजधानीको बिभिन्न स्थानहरूमा कोणसभा र १५ गतेका दिन वृहत जन सहभागिताका साथ विहान ९ देखि ११ बजेसम्म सिहादरवार घेराउ गरिएको थियो ।
सुर्खेत, काँक्रेविहार परिसरमा राख्न खोजीएको बुद्धको सो मूर्तिलाई सोही स्थानमा नै प्रतिस्थापना गर्नु पर्ने । बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेतमा बौद्धमार्गीहरूको झाँकी ¥यालीमाथि प्रहरी प्रशासनले गरेको कुटपिट र दुव्र्यवहार प्रति स्थानीय प्रशासनबाट स्थानीय बौद्धमार्गीहरू समक्ष सार्वजनिक रूपमा माफी माग्नु पर्ने । आगामी दिनमा मुलुकको कुनै पनि भू–भागमा रहेको बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गोन्पा, विहार, बही, बहाल, चैत्य, मूर्ति आदि आस्थाको केन्द्र रहेको क्षेत्र वा स्थानहरूमा बौद्धमार्गीहरूमाथि यस्ता दुव्र्यवहार नहुने कुराको सरकारबाट ग्यारेन्टी (सुनिश्चितता) गर्नु पर्ने । काँक्रेविहार संरक्षण विकास कोष गठन गर्नुपर्ने । जस्ता चार बुद्धे माग सहित अनशनमा रहेका बौद्धमार्गीहरुले भाद्र १३ गतेका दिन वृहत् शान्ति ¥याली तथासडक जनसभा गर्ने सार्वजनिक गरिएका छन् ।