काठमाण्डौं–श्रावण १३
सुर्खेतका बौद्धमार्गीहरुले गत जेठ ११ गते बुद्ध जयन्तीका दिन काँक्रेविहार परिसरमा स्थापना गरिएको बुद्धमूर्ति सुर्खेत जिल्ला प्रशासनले खोसिएर लगिए पछि सम्पूर्ण शान्ति प्रेमी, बुद्धमार्गीहरुले खेद प्रकट गर्दै सुर्खेत, काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिको नेतृत्वमा असार ८ गतेका दिन तीन बुंदे माग सहितको ज्ञापन–पत्र अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष सम्माननीय खिलराज रेग्मी समक्ष पेश गरिएको थियो । १५ दिनसम्ममा पनि केहि सुनवाई नभएपछि असार २६ र २७ गते दुई दिन प्रधानमन्त्री निवास, बालुवाटरमा बौद्धमार्गी र आदिबासी जनजातिहरुका विभिन्न संघ सस्थाहरुले शान्ति प्रदर्शनमा गरिएको थियो ।

शान्ति प्रदर्शनलाई पनि सरकारले वेवास्ता गरेको भन्दै श्रावण १ गते तमु बौद्ध सेवा समिति, अनाम नगरमा बसेको बौद्धमार्गीहरुको पूर्ण बैठकले ७ गते स्वयंभूमा अखिल नेपाल भिक्षु महासंघ, ८ गते बौद्धमा नेपाल बौद्ध महासंघ, ९ गते किर्तिपुरमा धर्मोदय सभा, १० गते पाटनमा नेपाल परम्परागत बौद्ध धर्मसंघ, ११ गते भक्तपुरमा नेपाल परम्परागत बौद्ध धर्मसंघ, १२ गते बसन्तपुर डवलीमा संयुक्त सरोकार समितिले कोणसभा गर्ने र १५ गतेका दिन सिहादरवार घेराउ गर्ने कार्यक्रम सार्वजानिक गरेको थियो ।
सयुक्त सरोकार समितिले कोणसभा कार्यक्रम १२ गतेका दिन बसन्तपुर डवलीमा वृहत जनसहभागितहरुको बीचमा सम्पन्न गरिएको थियो । कोणसभामा आदिबासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, पूर्व विज्ञान तथा वातावरण मन्त्री डा। केशावमान शाक्य, राष्ट्रिय आदिबासी जनजाति महिला महासंघका अध्यक्ष शान्ति जिरेल, पूर्व सभासद आङ दावा शेर्पा, तमु युला छोस् धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय महासचिव धनमान गुरुङहरुका साथै संयुक्त सरोकार समितिका सदस्य तथा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले आफ्नो मन्तव्य राखेको थियो । मन्तव्यको क्रममा बुद्ध जन्मेको देश नेपालमा राज्यले नै बुद्ध धर्ममाथि विभिन्न कालखण्डमा अनेक प्रकारको अन्य गरेको र आजै पनि अन्य भैरहेकोले यस्तो अन्य सहनु नसक्ने कुरा व्यक्त गरिएका छन् । तत्काल सुवाई नभए श्रावण १५ गतेका दिन सिंहदारवार घेराउ गर्ने र त्यसपछि पनि केही सुनवाई नभए सशाक्त आन्दोलन गर्दै अनिश्चित कालिन नेपाल बन्द गर्ने राज्यलाई चुनैति दिएको छ ।
Click here for more photos
https://www.facebook.com/media/set/?set=a.298434016968047.1073741836.273631819448267&type=3