काठमाण्डौ, कार्तिक १९
नेपाल बौद्ध महासंघ र जिरो वेस्ट इनिश्यटिव नेपालको सहकार्यमा एक दिने 'We, our environment and zero waste initiative' फोहोर व्यवस्थापन कार्यशाला गोष्ठी बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा सम्पन्न भएको छ । विश्व बन्यजन्तु कोषका निर्देशक डा. घनश्याम गुरुङज्यूको प्रमुख आतिथ्यमा विहान ९ बजे उत्घाटन भएको उक्त कार्यक्रम बेलुका ५ बजे सम्पन्न भएको थियो ।

काठमाण्डौका विभिन्न गोन्पाहरुबाट सहभागी रहेका उक्त कार्यशाला गोष्ठीमा फोहोर व्यवस्थापन विद् श्री महेश नकर्मी र उरुक्श डंगोलले प्रशिक्षण दिनु भएको थियो । सहभागीहरुलाई केहि वर्षदेखि फोहोरलाई शुन्यमा व्यवस्थापन गर्दै अएको जोरपाटीमा रहेको थेक्छोग लिङ्ग आनी गोन्पामा प्रत्यक्ष अवलोकन गराएको थियो । साथै प्लास्टिक बोतलबाट बनाएको लुगा, टोपी, सूटकेस, झोला आदि सामग्रीको पानि प्रशिक्षणको क्रममा प्रद्धर्शन गरिएको थियो ।
अन्तमा सहभागीले आ–आफ्नो ग्रुपबाट एक एक जनाले विचार रखिएको थियो । प्रत्यक व्यक्तिले तत्काल कुहिने र नकुहिने फोहोरलाई छुटाएर व्यवस्थापन गर्न सके मात्र फोहोर शुन्य वातावरण निर्माण गर्न सक्ने उहाँहरुको विचार रहेको छ ।
Click here for more photos https://www.facebook.com/permalink.php?story_fbid=925855720892537&id=273631819448267