गत मिति २०७० जेठ ११ गते बुद्ध जयन्तीका दिन नेपालको पश्चिम अञ्चल सुर्खेत जिल्लाको काँक्रेविहारमा बुद्धमुर्ति प्रतिस्थापना गर्न नेपाल सरकारको सम्बन्धीत नियम कानुन अनुसार सबै प्रकृया पु¥याइ बुद्ध मुर्ति प्रतिस्थापनाको क्रममा गैर जिम्मेवारी ढंगले प्रशासन पक्षबाट हस्तक्षेप गरी मुर्ति समेत खोसेर बौद्ध धर्म र संस्कृतिको मूल्य मान्यता समेतमा आँच पु¥याउने गरी बुद्ध मूर्तिलाई अव्यवस्थित ढंगमा राखेकोमा गम्भीर आपत्ति र खेद व्यक्त गर्दै, सुर्खेतको जिल्ला प्रशासनले बुद्ध मूर्तिको अव्यवस्थित र असांस्कृतिक तरिकामा राखेको फोटो प्रचारले बुद्ध धर्म प्रति आस्था र विश्वास राख्ने सबै व्यक्ति, समुदाय र संघ संस्थालाई आघात पु¥याउने काम भएको छ । त्यस प्रकारको गल्ती गर्ने कर्मचारीलाई नेपाल सरकारबाट तुरुन्त कारवहिको माग गर्दछ । अव्यवस्थित ढंगले राखिएको मूर्तिलाई तत्काल व्यवस्थित गर्न र सम्बन्धीत पक्षलाई मूर्ति बुझाई सहज वातावरण बनाउन नेपाल सरकार समक्ष हामी जोरदारका साथ माग गर्दछ ।
संयुक्त सरोकार समिति
१ नेपाल बौद्ध महासंघ
२ नेपाल आदिबासी जनजाती महासंघ
३ राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ
४ अखिल नेपाल भिक्षु महासंघ
५ धर्मोदय सभा
६ नेपाल परम्परागत बौद्ध धर्मसंघ