नेपालका बौद्ध धर्मावलम्बी र भारतका नव बौद्ध (डा. अम्बेडकर अनुयायी) हरू बीच कार्यशाला गोष्ठी सम्पन्न
गत बैशाख २५ गते शनिबारका दिन नेपाल बौद्ध महासंघको आयोजनामा नेपालका बौद्ध धर्मावलम्बीहरू र भारतका नव बौद्ध (डा. अम्बेडकर अनुयायी) हरू बीच एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
गत बैशाख २५ गते शनिबारका दिन नेपाल बौद्ध महासंघको आयोजनामा नेपालका बौद्ध धर्मावलम्बीहरू र भारतका नव बौद्ध (डा. अम्बेडकर अनुयायी) हरू बीच एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
काठमाडौ, तिनचुलीमा विहान ९ बजे जनसंख्या तथा वातावरण माननीय विश्वेन्द्र पासवानज्यूको प्रमुख आतिथ्यमा शुरु भएको उक्त गोष्ठीमा भारतका नव बौद्धहरुबाट तर्फबाट पाँच जनाले ‘‘बहिष्कारणमा परेको नव बौद्धहरुको इतिहास तथा वर्तमान अवस्था” विषयमा आफ्नो भनाईहरु राख्नुभएको थियो । साथै नेपालका बौद्धहरुको तर्फबाट पनि ‘‘नेपालमा रहेका थेरवाद, महायान, वज्रयान र आदिबासी बौद्धमार्गीहरूको अवस्था” विषयमा चार जनाले आफ्नो भनाईहरु रखेका थिए । कार्यक्रममा सहभागीहरुबाट धेरै चासोका साथ दुवै देशका वक्तहरुलाई प्रश्न र जिज्ञासहरु रखेको थियो ।
उक्त कार्यक्रमको अन्तमा बेलुका ७ देखि ८ बजेसम्म शेर्पा, ह्योल्मो र तामाङको संस्कृति नृत्यबाट मनोरञ्जन गरी समापन गरिएको थियो ।
Click here for more photos