काठमाण्डौ, मंसिर २९
गत मंसिर १५ गते सम्पन्न नेपाल बौद्ध महासंघको तेस्रो महाधिवेसनबाट नव निर्वाचित कार्यसमितिले विभिन्न संघ संस्थाहरुसँग कुशल पाटी प्यालेस, बौद्ध पिपाल बोटमा परिचयात्मक चियापान कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा दोस्रो संविधानसभाको निर्वाचनमा रामेछापबाट प्रत्यक्ष उमेद्वरमा निर्वाचित आङ टावा शेर्पालाई महासंघ अध्यक्ष फुपु छेम्बे शेर्पाले खाता र फूलको गुच्छले शुभ–कामना बधाई दिनुभएको छ । कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष नगेन्द्र कुमार कुमाल, नेपाल आदिबासी जनजाती महासंघका पूर्व अध्यक्ष तथा पूर्व सभासद् पासाङ शेर्पा, पूर्व सभासद् जिप छिरिङ शेर्पा, नेपाल बौद्ध महासंघका सल्लाहकार, बौद्ध महानगरीय प्रहारी प्रमुख र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागि भएका छन् । शुभ–कामना मन्तव्यको क्रममा सबैले हालसम्म बौद्ध महासंघले गरिएका कार्यहरुको प्रशंसा गर्दै भविष्यमा यसलाई अज शसक्त रुपमा लैजानु पर्ने विचार राखिएको थियो ।