नेपाल बौद्ध महासंघको साधारण सभा सम्पन्न
काठमाण्डौ, श्रावण–११
नेपाल बौद्ध महासंघको आठौं वार्षिक साधारण सभा बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा परमपुज्य साङतेन रिन्पोछेज्यूको प्रमुख अतिथ्य तथा नेपाल बौद्ध महासंघका अध्यक्ष श्री फुपु छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल शेर्पा) ज्यूको अध्यक्षतामा सुसम्पन्न भएको थियो ।
काठमाण्डौ, श्रावण–११
नेपाल बौद्ध महासंघको आठौं वार्षिक साधारण सभा बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा परमपुज्य साङतेन रिन्पोछेज्यूको प्रमुख अतिथ्य तथा नेपाल बौद्ध महासंघका अध्यक्ष श्री फुपु छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल शेर्पा) ज्यूको अध्यक्षतामा सुसम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा महासंघका सचिव लोब्साङ डोल्माबाट प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुलाई स्वागत गर्नुहुदै नेपाल बौद्ध महासंघले स्थापनाकालदेखि नै बौद्ध धर्मवालम्बीहरुको समस्य समाधान गर्न नेपाल सरकारसँग पहल गर्दै आएको कुरा सबैलाई अवगत गराएको थियो । त्यस्तै गरी नेपाल सरकार, शिक्षा मन्त्रालय अन्र्तगत पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र, उच्च माध्यमिक शिक्षा परिषद र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्दै नेपालमा प्राचीनकालदेखि गोन्पामा सञ्चालनमा रहेका गोन्पा शिक्षालाई कुनै असर नपर्ने गरी मूल प्रवाहीकरण गर्ने प्रकिय आगाडि बढाएको कुरा पनि रखिएको थियो । उहाँले आजै पनि नेपालमा बौद्ध धर्मवालम्बीहरुको हक, हित र अधिकार सुनिश्चित नभएको हुँदा नेपाल बौद्ध महासघंको काँधमा धेरै चुनौतिहरु रहेका कुरा सबै सामु रखिएको थियो ।
महासचिव आचार्य नुर्बु शेर्पाबाट आर्थिक वर्ष २०७०–०७१ मा नेपाल बौद्ध महासंघले गरिएको शैक्षिक, सामाजिक, धार्मिक र परोपकारी कार्यहरुको सचित्र पावर प्वाइन्टबाट दृष्यावलोक गराई वार्षिक प्रगति प्रतिवेदन प्रस्तुक गरिएको थियो । साथै नेपाल बौद्ध महासंघले शान्तिका महानायक शाक्यमुनि बुद्धले जगत् हितका लागि दिनु भएको उपदेशलाई साधारण जनतासम्म पु¥याउँनको लागि रेडियो र टि.भि.हरुमा विशेष साप्तहिक कार्यक्रम चाढै सञ्चालन गर्ने पनि बताउँनु भयो । तत्पाश्त् आर्थिक वर्ष २०७०–०७१ को आय–व्ययलाई कोषाध्यक्ष कमल भण्डारी (ङावाङ छोफेल) ले प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित नेपाल बौद्ध महासंघका सल्लाहकार मुकुन्द विष्टा, सम्पूर्ण कुमार लामा, टासी नाम्गेल, डा.घनश्याम गुरुङको साथै प्रमुख अतिथि आदिले पनि आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । साथै अध्यक्षबाट आफ्नो मन्तव्यको साथै उपस्थित पदाधिकारी सल्लाहकार, साधारण सदस्य विभिन्न गोन्पा तथा संस्थाका प्रतिनिधिहरुलाई सभा सफल बनाएकोमा धन्यवाद व्यक्त गरी साधारण सभाको कार्यक्रमलाई विसर्जन गरिएको थियो ।
Click here for more photos