धुलिखेल, मंसिर–५
शैक्षिक तालिम केन्द्र, धुलिखेलमा गत कार्तिक २६ गतेदेखि टी.पी.डी. खाकामा सञ्चालन रहेको १० दिने गोन्पा/विहार शिक्षा शिक्षक तालिम आज सम्पन्न भएको छ । तालिममा सिर्जनात्मक कला शिक्षण विधि, गणित शिक्षणको सिद्धान्त, समस्या र समाधानका उपाय, बालमैत्री शिक्षण परिचय, सामाजिक अध्ययन आदि जस्ता विषयवस्तुहरू शैक्षिक तालिम केन्द्रका प्रशिक्षकहले र बौद्ध धमर्, दर्शन तथा गोन्पा/विहार शिक्षासँग सम्बन्धित विषयवस्तुहरू नेपाल बौद्ध महासंघ र अखिल नेपाल भिक्षु महासंघबाट खटाएका सम्बन्धित विषयका विज्ञहरूले सहजीकरण गर्ने गरिएका छन् । तालिमको क्रममा मंसिर २ गतेका दिन काठमाण्डौमा मञ्जुश्री सामुदायिक विद्यालय, नेपाल बौद्ध महायान केन्द्र गोन्पा विद्यालय, कपन र विश्व शान्ति विहार विद्यालयमा विद्यालय अवलोकन भ्रमण पनि गरिएको थियो ।

समापन कार्यक्रममा तालिममा सहभागी भएकाहरूले तालिम कार्यक्रम अत्यन्त व्यवस्थित, प्रभावकारी, लाभदयिक र सहभागीमैत्री पूर्ण भएको विचार राखेका छन् । प्रमुख अतिथि शैक्षिक जनशाक्ति विकास केन्द्रका कार्यकारी निर्देशक खगराज वरालज्यूले आफ्नो मतव्यको क्रममा “वर्तमान अवस्थामा आध्यतमिक शिक्षाको कमीले आज देशमा अशान्ति फैलिएको र अहिलेका धेरै मन्छेहरू रिटयर भएपछि आध्यत्मिक शिक्षा अध्ययन गर्छु भन्नेहरू छन्, बुढो भएर रिटयर भएपछि त उसको जीवन नै निस्क्रिया भएकोले सक्रिया जीवनमा बालबलिकाहरूलाई आधुनिक शिक्षाको साथै आध्यत्मिक शिक्षाको पनि ज्ञान दिनु पर्ने आवश्यकता औल्याउनु भयो । फेल भएपछि विद्यार्थीहरू आत्महत्या गर्नुको मुख्य कारण पनि विद्यालयहरूमा आध्यत्मिक शिक्षाको अध्ययापन नभएकोले हो भन्ने उहाँको तर्क रहेको छ ।”
समापन कार्यक्रममा प्रमुख अतिथि शैक्षिक जनशाक्ति विकास केन्द्रका कार्यकारी निर्देशक खगराज वराल, शै.ता.के धुलिखेलका वरिष्ठ प्रशिक्षक सिताराम कोइराल, नेपाल बौद्ध महासंघका महासचिव आचार्य नुर्बु शेर्पा अखिल नेपाल भिक्षु महासंघका सदस्य भिक्षु पियदस्सीको साथै तालिम केन्द्रका अन्य प्रशिक्षकहरुको पनि उपस्थिति रहेको थियो । तालिममा ओखाल्ढुङ्ग, धादिङ, सिन्धुपाल्चोक, खोटाङ, काठमाण्डौं, भक्तपुर, ललित्पुर, काभ्रेपलाञ्चोक र दोलाख ९ जिल्लाबाट २५ जनाका भाग लिएका थिए । सहभागीहरूलाई प्रमुख अतिथिज्यूबाट प्रमाण पत्र सहित बधाई दिनु भएको थियो ।
Click here for photos https://www.facebook.com/permalink.php?story_fbid=547265345418245&id=273631819448267