काठमाण्डौ, भदौ–२७
गत भदौ १९ गते संविधान विधेयकमा संयुक्त रुपमा संशोधन दर्ता गराउँदै तीन दलको संशोधन प्रस्तावमा ‘धारा ४, १ को प्रयोजनका लागि ‘धर्मनिरपेक्षता’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’ भन्ने व्याख्या थप गरिएको थियो ।

यसै विषयलाई लिएर आज धर्मनिरपेक्ष संरक्षण महासमितिले पत्रकार सम्मेलन गरी धर्मनिरपेक्ष शब्द आफैमा पूर्ण र सर्वमान्य, सर्वव्यापी भएकोले अन्तर्राष्ट्रिय मूल्य मान्यताविपरित कुनै पनि स्पष्टीकरण, व्याख्या तथा प्रतिबन्धात्मक वाक्यांश नराख्न तीन दललाई महासमितिले ध्यानाकर्षण गराएको छ ।
साथै धर्मनिरपेक्षको अपव्याख्यालाई तत्काल हटाउन माग गरिएको छ । धर्मनिरपेक्षको अपव्याख्यालाई नहटाइएसम्म र धर्मनिरपेक्ष कायम हुने सुनिश्चित नभएसम्म आन्दोलन जारि राख्ने प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Click here for more photos https://www.facebook.com/permalink.php?story_fbid=705773969567381&id=273631819448267