ताप्लेजुङ, नगरपालिका वडा नं. २, ७ र ८ मा गत भाद्र १७ गतेका राति गएको पहिरोबाट धेरै धनजनाको क्षति भएकोले स्थानिय सामजसेवी पासाङ रिता शेर्पाले स्थलगत निरिक्षण गरी विवरण उपलब्ध गरे अनुसार नेपाल बौद्ध महासंघले पिडित परिवार र विद्यार्थीहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

भाद्र २५ गते शनिबारका दिन ताप्लेजुङमा एक कार्यक्रम आयोजना गरी नेपाल बौद्ध महासंघका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पाले १६ पूर्ण विस्थापित परिवार, ३९ आम्सिक विस्थापित परिवारहरूलाई कम्बाल, मेट्रेस, तन्ना, चामाल, नुन, तेल र प्रत्येक व्यक्ति ज्यकेट, ट्रेकशुटको साथै ४० जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी झोला, एक दरजन कापी, कलम, ज्यकेट, ट्रेकशुट र चप्पाल आदि शैक्षिक सामग्री प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको साथै सरकारी तथा गैरसरकारी संघ, संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा वितरण गरिएको थियो ।
Click here for more photos