गोन्पा शिक्षा शिक्षक प्रशिक्षण सम्पन्न
काठमाण्डौं, कार्तिक–१३
विश्व शिक्षा सम्मेलनले सन् २०१५ सम्म सबैका लागि शिक्षा प्रदान गर्ने उद्घोष गरेअनुसार नेपालले पनि सन् २०१५ सम्म सबैका लागि शिक्षा प्रदान गर्ने विश्व सम्मेलनबाट तयार भएको लक्ष्यसहितका घोषणापत्रमा हस्ताक्षर गर्दै राष्ट्रिय कार्ययोजना तयार गरी प्रतिवद्धता व्यक्त गरेको परिप्रेक्ष्यमा

काठमाण्डौं, कार्तिक–१३
विश्व शिक्षा सम्मेलनले सन् २०१५ सम्म सबैका लागि शिक्षा प्रदान गर्ने उद्घोष गरेअनुसार नेपालले पनि सन् २०१५ सम्म सबैका लागि शिक्षा प्रदान गर्ने विश्व सम्मेलनबाट तयार भएको लक्ष्यसहितका घोषणापत्रमा हस्ताक्षर गर्दै राष्ट्रिय कार्ययोजना तयार गरी प्रतिवद्धता व्यक्त गरेको परिप्रेक्ष्यमा

देशका सबै जात, जाति, लिङ्ग वर्ण, वर्ग र क्षेत्रका जनसमुदायलाई शिक्षा प्रदान गर्नका लागि औपचारिक शिक्षाका घेरा बाहिर रहेका सबैलाई शिक्षाको मूल धारमा समाहित गर्न आवश्यक भएकाले औपचारिक शिक्षा प्रणाली बाहिर रहेका तर आफ्नै स्रोत साधन र शिक्षण प्रव्रिmयाका माध्यमबाट शिक्षा प्रदान गरी रहेका गोन्पा/विहार शिक्षा प्रणालीलाई राष्ट्रिय शिक्षा प्रणालीमा समाहीकरण गरी विश्व स्तरमा राज्यको मान्यतालाई प्रस्तुत गर्न र गोन्पा/विहार शिक्षा परम्परालाई आधुनिक परिवेशमा अझ सशक्त रुपमा अध्ययन अध्यापन गराउने नेपाल सरकारको नीति अनुरुप पाठ्यक्र विकास केन्द्रबाट गोन्पा शिक्षाको कक्षा १ देखि १० सम्मका पाठयक्रम तथा पाठ्यपुस्तक तयार गरी हाल अध्ययन अध्यापन भई रहेको छ । त्यसै गरी शैक्षिक जनशाक्ति विकास केन्द्रले पनि २०६८ सालदेखि वार्षिक रुपमा गोन्पा÷विहार विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई शिक्षकको पेसागत विकास (टि.पि.डी.) प्रशिक्षण तालिम प्रदान गर्दै आएको छ ।
वार्षिक प्रशिक्षण तालिम कार्यक्रम अनुसार गोन्पा विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई यस वर्ष पनि शैक्षिक तालिम केन्द्र, त्रिपुरेश्वर, काठमाण्डौंले नेपाल बौद्ध महासंघको समिक्ष हाल तीनचुलीमा गत कार्तिक–३ देखि १२ गतेसम्म शिक्षकको पेसागत विकास (टि.पि.डी.) तालिम ढाँचामा सञ्चालन भएको दश दिने गोन्पा/विहार शिक्षा शिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । दश दिनको प्रशिक्षण कार्यक्रममा शिक्षकहरुलाई विद्यालयमा कक्षाकोठा व्यवस्थापन, विद्यालय सुधार योजन, शिक्षण विधिको परिचय र क्रियाकलाप निर्माण विधि, शैक्षणिक सामग्री निर्माण र त्यसको प्रयोग आदि विषयमा प्रशिक्षण दिएको थियो ।