उक्त कार्यशाला गोष्ठीमा डा. ल्हाक्पा नुर्व शेर्पाबाट गोन्पा/विहार विद्यालय शिक्षक व्यवस्थापन तथा प्रमाण पत्र स्तरीकरण, वीरमान शेर्पाबाट गोन्पा/विहार विद्यालयका पाठ्यक्रम तथा पाठ्यपुस्तक व्यवस्थापन, ङिमा तेन्डुप शेर्पाबाट गोन्पा/विहार विद्यालय अनुमति तथा स्वीकृति, भिक्षु ज्ञानेन्द्रबाट गोन्पा/विहार विद्यालय सञ्चालन तथा भौतिक व्यवस्थापन गरी चार कार्यपत्र प्रस्तुत भएको थियो । तीन दिनसम्म सञ्चालन भएको राष्ट्रिय कार्यशाला गोष्ठीमा प्रस्तुत भएका कार्यपत्र सम्बन्धी समीक्षा, अन्तरक्रिया र छलफलबाट आएका राय, सुझावलाई समेटी नीति निर्माणका लागि प्रतिवेदन तयार गर्न आचार्य नुर्बु शेर्पाको संयोजकत्वमा आचार्य सार्की शेर्पा, भिक्षु प्रियदार्शी, शिक्षा विभाग, विद्यालय व्यवस्थापन शाखाका उपनिर्देशक, रामशरण सापकोट, उपसचिव, रामराज खकुरेल र उपसचिव, जनर्दन नेपाल, आचार्य रिन्जी छेपाल शेर्पा सहितको ७ सदस्य टोली गठन गरी १५ दिन भित्र यस विषयसम्बन्धी प्रतिवेदन तयार गरी बुझाउनु पर्ने निर्णाय गरिएको थियो ।
गोन्पा/विहार शिक्षालाई समयानुकुल ढंगबाट अघि बढाउदै राष्ट्रिय शिक्षाको मुलप्रवाहिकरणमा ल्याउनका लागि गोन्पा/विहार व्यवस्थापन परिषद्, नेपालको पहलमा विभिन्न प्रयास भएको छ । हालसम्म गोन्पा शिक्षाको कक्षा १ देखि १० सम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन तथा प्रकाशन र “धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई अध्यापन, व्यवस्थापन कार्यमा सहयोगका लागि एकमुष्ट अनुदान कार्यान्वयन (पहिलो संशोधन) निर्देशिका, २०६९” जारी गरिसकेको अवस्था रहेको छ । उक्त कार्यशाला गोष्ठीमा ताप्लेजुङ, सोलुखुम्बु, दोलखा, ओखाल्ढुङ्ग, सिन्धुपाल्चोक, कास्की, काठमाण्डौं, मनाङ, काभ्रेपलाञ्चोक, पाँचथर, धन्कुटा, चितवान र मुस्ताङ आदि जिल्लाबाट ४० जना सहभागी रहेका थिए ।
click here for more photos
https://www.facebook.com/media/set/?set=a.418146574996790.1073741866.273631819448267&type=1