धुलिखेल, कार्तिक–२६
परम्परागत रुपमा संचालन गरिन्दै आएको गोन्पा/विहार शिक्षालाई राष्ट्रिय शिक्षा प्राणालीको मूलधारमा ल्याई विश्व स्तरमा राज्यको मान्यतालाई प्रस्तुत गर्न र गोन्पा/विहार शिक्षा परम्परालाई आधुनिक परिवेशमा अझ सशक्त रुपमा अध्ययन–अध्यापन गर्ने मूलोद्देश्यका साथ गोन्पा/विहार विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई शैक्षिक तालिम केन्द्र, धुलिखेलमा १० दिने गोन्पा/विहार शिक्षा शिक्षक तालिम शुरु भएको छ ।

तालिम कार्यक्रमको उत्घाटन सत्रमा शैक्षिक जनाशक्ति विकास केन्द्रका निर्देशक सुन्दर शाक्य, शै.ता.के धुलिखेलका वरिष्ठ प्रशिक्षक सिताराम कोइराल, नेपाल बौद्ध महासंघका अध्यक्ष, फुपु छेम्बे शेर्पा, अखिल नेपाल भिक्षु महासंघका सदस्य भिक्षु पियदस्सीको साथै तालिम केन्द्रका अन्य प्रशिक्षकहरुको पनि उपस्थिति रहेको थियो । तालिममा ओखाल्ढुङ्ग, धादिङ, सिन्धुपाल्चोक, खोटाङ, काठमाण्डौं, भक्तपुर, ललित्पुर, काभ्रेपलाञ्चोक र दोलाख ९ जिल्लाबाट २५ जनाका सहाभागी रहेका छन् ।
नेपाल सरकारले धार्मिक प्रकृतिका परम्परागत गोन्पा/विहार विद्यालयलाई शिक्षाको मूलधारमा समेट्ने निर्णय गरेपछि पाठ्यक्रम विकास केन्द्रबाट हालसम्मा माध्यमिक तहसम्मको (कक्षा १—१०) पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेको छ । साथै उच्चमाध्यमिक तह कक्षा ११, १२ को पाठ्क्रम लेखन कार्य अन्तिम चरणमा पुगेको छ । यो सँगसँगै विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनको क्रममा आ.व. २०६७/०६८ देखि धार्मिक प्रकृतिका परम्परागत गोन्पा/विहार विद्यालयमा अध्यापनरत शिक्षकहरूका लागि पनि १० दिने टी.पी.डी. मोड्युल शैक्षिक तालिम सञ्चालन गर्दै आएको छ ।
१० दिने टी.पी.डी. तालिमका जेनेरिक तथा गणित, सामाजिक अध्ययन आदि जस्ता विषयवस्तुहरू शैक्षिक तालिम केन्द्रका प्रशिक्षकहले र बौद्ध धमर्, दर्शन तथा गोन्पा/विहार शिक्षासँग सम्बन्धित विषयवस्तुहरू नेपाल बौद्ध महासंघ र अखिल नेपाल भिक्षु महासंघबाट खटाएका सम्बन्धित विषयका विज्ञहरूले सहजीकरण गर्ने गरिएका छन् । तालिम समापन पश्चात् प्रत्येक सहभागीलाई १० दिने टी.पी.डी. मोड्युल सम्पन्न प्रमाणपत्र प्रदान गरिने छ । वार्षिक रुपमा सञ्चालन गरिदै आएको गोन्पा/विहार शिक्षा शिक्षक तालिममा आ.व. २०६७/०६८ देखि हालसम्म करिब १९० जनाले तालिम प्राप्त गरी सकेका छन् ।
Cleck here for photos https://www.facebook.com/permalink.php?story_fbid=543483822463064&id=273631819448267