काठमाडौं फागुन – ३
आज विहान नेपाल बौद्ध महासंघले संविधानसभामा बौद्धमार्गीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न ए.ने. का. पा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई आफ्नो निवास लाजिम्पाटमा भेट गरी ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउन नेपाल बौद्ध महासंघका सल्लाहकार ङिमी शेर्पा, माननीय सभासद् ओङदी शेर्पा, महासंघका अध्यक्ष फुपु छेम्बेको साथै अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

ज्ञापन पत्रलाई महासंघका कोषाध्यक्ष कमल झण्डरीले वाचन गरी बुझाएको थियो । ज्ञापन पत्र लिनु हुँदै अध्यक्ष (प्रचण्ड) ले ‘नेपाल बौद्ध महासंघले उठाएको कुरा जाएज रहेको र राज्यले कसैलाई पाखा र काँखा गर्नु हुँदैन भन्ने हाम्रो पार्टीको मन्यता हो । धेरै वर्षको संघर्षपछि नेपालमा धर्मनिरापेक्ष त भयो, तर आजैपनि धेरै ठाँउमा नियम कानुन जो चलिरहेकै छ त्यो, संविधान निर्माण नभए सम्म पहिले कै संस्कार चलिरहन्छ । त्यसैले यस विषयलाई हामीले गहन रुपले हेरी रहेका छौं र संविधानसभामा सबै क्षेत्रबाट प्रतिनिधित्व हुनुपर्छ भने हाम्रो बनाई रहेको छ’ बन्नु भएको थियो ।
ज्ञापन पत्रमा नेपालको अन्तरिम संबिधान २०६३ ले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय मुलुकको रूपमा आत्मसात गरेको र नेपालमा जतिसुकै परिवर्तन भए पनि आजसम्म नेपालको राज्य सञ्चालन संधै एक जाति एक भाषा, एक धर्म र एक संस्कृतिकै रूपमा सञ्चालन हुंदै आएको छ । नेपाली जनताको अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने धर्मनिरपेक्षता, संघीयलोक तान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नपाउदै पहिलो संबिधानसभा अवसान भएको तीतो यथार्थ हाम्रो सामु छ । हाम्रो मुलुकमा पटक पटक निर्माण भएको संविधानहरूले पनि राष्ट्रको गौरव राष्ट्रिय विभूति शान्तिका महानायक शाक्यमुनि बुद्धको अनुयायीहरूको भावनालाई कहिले पनि समटने काम गरेन । राज्यद्धारा मूलुकको बौद्ध अनुयायीहरूलाई संधै वहिष्कार मात्र गरेको कुरालाई उल्लेख गरिएको छ ।
बिगतको हरेक कालखण्डहरूमा नेपालका बौद्ध अनुयायीहरूले पटक पटक पाएको राजनीतिक धोकालाई ध्यानमा राख्दै हामी समस्त बौद्ध अनुयायीहरूले अब बन्ने संबिधानसभामा बौद्ध अनुयायीहरूको पनि संबिधान निर्माणको प्रक्रियामा प्रत्यक्ष सहभागीता हुन पाउनु पर्दछ भन्ने नेपाल बौद्ध महासंघको जोडदार माग रहेको छ
More Photos click here https://www.facebook.com/media/set/?set=a.395427260602055.1073741863.273631819448267&type=1