उच्चस्तरीय राजनीतिक संयन्त्रलाई संयुक्त सरोकार समितिको ज्ञानप–पत्र
श्रावण–२७, काठमाण्डौं
सुर्खेत काँक्रेविहार परिसरमा बुद्धमूर्ति स्थापना गर्दा घटेको घटनाको विषयलाई लिएर उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक पुष्प कमल दहाल (प्रचण्ड) लाई उहाँ कै निवासमा गत २०७० श्रावण २० गतेका दिन भेट गरी सुर्खेत काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिले प्रतिवेदन सहित ज्ञानप–पत्र बुझाएको थियो । ज्ञानप–पत्र लिनु हुंदै उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा यस विषयका कुरा राख्ने र यथा शीघ्र समस्याको समाधन गर्ने आस्वासन दिएको थियो ।

सरकारी निकायबाट आवश्यक सम्पूर्ण अनुमति लिएर २५५७ औं बुद्ध जयन्तीको पावन अवसरमा स्थानिय बौद्धमार्गीहरुले काँक्रेविहार परिसरमा बुद्धमूर्ति स्थापना गरिएको थियो । बुद्धमूर्तिलाई त्यस स्थानमा स्थापना गर्न नपाउने भन्दै प्रहरी प्रशासनले बौद्धमार्गीहरुबाट बुद्धमूर्ति खोसिएर लगिएको थियो । त्यसपछि सिर्जना भएको विवाद हालसम्म समाधान हुन सकेको छैन ।
बौद्धमार्गीहरुले बुद्धमूर्ति पूर्व सहमति भएको स्थानमा नै बुद्धमूर्ति प्रतिस्थापना गर्न पाउँनु पर्ने माग गर्दै केही महिनादेखि राजधानीमा चरण वद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । हालसम्म सरकारसँग दुई पटक बसेको वार्ताबाट पनि केही निष्कर्ष निस्किन्न नसकेपछि फेरि आज (२७ श्रावण) वार्ता बस्ने गरी गत २० गतेको वार्ता विनानिष्कर्ष टुंगिएको थियो ।