नेपालको इतिहासमा पहिलो पटक महाकारूणिक शाक्यमुनि बुद्धको जन्मभूमि नेपालमा बौद्ध परम्पराका तीनै यान थेरवाद, महायान, वज्रयान तथा बौद्धमार्गीहरूको सामाजिक संघ संस्था, आदिवासी जनजाति संगठन र बुद्ध प्रति श्रद्धा र विश्वास राख्ने सम्पूर्ण नेपालीहरूले बुद्ध जयन्तीलाई संयुक्त रूपबाट राष्ट्रिय स्तरमा आयोजना गरिएको संयोजक फुपु छेम्बे शेर्पाले बताउनुभयो ।
उक्त कार्यक्रममा आयोजक संस्थाहरूको तर्फबाट डा.प्रा. नरेश मान वज्राचार्यले लिखित मन्तव्य प्रस्तुत गर्नु भएको थियो । मन्तव्यमा ‘‘मुलुकमा पटक–पटकको ऐतिहासीक राजनैतिक परिवर्तनहरू पश्चात् धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नया“ संविधान लेखिदैछ । यसले हामीलाई चुनौती र अवसर दुवै प्रदान गरेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमालदेखि तराईसम्मका सबै नेपालीहरूले शान्तिको चाहना गरिरहेका छन । यस्तो अवस्थामा भगवान् बुद्धले दिनु भएको मैत्री र करूणाको उपदेशले शान्ति स्थापना गर्ने निर्वाह गरिरहेका छन् । मैत्री र करूणा विना शान्ति सम्भव छैन । शान्ति विना राष्ट्रिय एकता स्थिर रहन सक्दैन । राष्ट्रिय एकता र स्थिरता विना देशको विकासको सम्भव छैन । त्यसैले पनि आज हाम्रो देश र जनताको लागि भगवान बुद्धको उपदेश र शिक्षाको आवस्यकता अझ बढेको छ । यो कुरालाई आज हामी आम नेपालीले गहिरो ढंगले मनन गर्नु पर्ने भएको छ । तर हामीले त्यसो गर्न सकेका छैनौं ।
आज नेपालीले विश्व समुदायमा बुद्ध नेपालमा जन्मेको हो भनेर गर्व गर्न पाएका छौं । नेपालीले विदेशमा आफनो परिचय दिदा“ चिनेन भने बुद्ध जन्मेको देश वा सगरमाथा रहेको देशको नागरिक हो भनेर चिनाउ“ने गर्दछ । त्यसकारण नेपालको राष्ट्रिय गौरवलाई अझ उचाइमा पुराउने दायित्व राज्यको हो । भगवान बुद्धस“ग सम्बन्धित यस्ता कार्यक्रमलाई नेपालको राष्ट्रिय पर्वको रूपमा राज्यले अवलम्बन गर्नु पर्ने थियो । हाम्रो देशमा घोडाको जात्रा मनाउ“छ, कुकुरको पर्व मनाउ“छ, कागको पूजा गरिन्छ तर विश्वशान्तिका महानायक भगवान् बुद्धको जयन्तीमा राज्यले कुनै पनि कार्यक्रम नगर्दा आम नेपालीहरूलाई दुःख लागेको छ ।
लोकतान्त्रिक जनआन्दोलन पश्चात् नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको छ । यो हामी विभिन्न धर्ममा आस्था राख्ने नेपालीहरूको लागि ऐतिहासीक उपलब्धी हो । यसको लागि राजनीतिक दलहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । तर धर्म निरपेक्ष राष्ट्र घोषणा भई सकेर पनि हामीले व्यवहारमा त्यसको अनुभुति अझैसम्म गर्न पाएका छैनौं । धार्मिक विभेदको व्यवहार हुने विद्यमान ऐन कानुन यथावत् छन् । यस्ता ऐन कानुनहरूको अविलम्ब संशोधन गरियोस् भन्दै यो विषयमा नेपाल सरकारको विशेष ध्यान आकार्षण पनि गर्दछौं ।
२५५८ औं बुद्ध जयन्तीकै अवसरमा सबै प्रकृया पुराएर बुद्धको एक थान मूर्ति राख्नको लागि पनि बौद्धमार्गीहरूले सडक आन्दोलन गर्नु परेको दृष्टान्त सुर्खेत का“क्रेविहारको घटना पर्याप्त छ । यो त एउटा घटनाको नमुना मात्र हो । बौद्धमार्गीहरूमाथि भएको यस्ता विभेदका घटनाहरू कैयन छन् ।
जीवनभर बौद्ध धर्मको अध्ययन अनुसन्धान गरी ज्ञान हासिल गरेका बौद्ध धर्म गुरुहरू नेपालमा धेरै छन । संसारको विभिन्न मुलुकबाट ती धर्म गुरुहरूबाट बौद्ध धर्म–दर्शन सम्बन्धी शिक्षा लिना आउने गर्दछन् । तर नेपाल सरकारले त्यसता विद्वान् गुरुहरूको शैक्षिक योग्यतालाई समकक्षताको व्यवस्था गरको छैन । बौद्ध धर्म गुरुहरूको शैक्षिक योग्यता र क्षमतालाई राज्य सरकारले राष्ट्रिय हितको लागि प्रयोग गर्नु पर्ने थियो तर ती धर्म गुरुहरूको योग्यतालाई राज्यले उपेक्षा गरिएको अवस्था छ ।
आज हामी बौद्धमार्गीहरू एकै ठाउ“मा भेला भएर बुद्ध जयन्तीलाई यसरी ऐतिहासीक ढंगले मनाई रहदा एक तिर हामीलाई गौरव महासुश भएको छ । तर राज्यले नै दायित्व बहन गर्नु पर्ने बुद्ध जयन्तीलाई जनताले चन्दा संकलन गरेर मनाउ“नु पर्दा हामीलाई दुःख लागेको छ ।
नेपालीको गौरव, राष्ट्रको विभूती, शान्तिको महानायक भगवान् बुद्धको जयन्तीलाई राज्यले राष्ट्रिय महोत्सवको रूपमा विकास गर्दै जानु आवश्यक छ । यसले बुद्धप्रतिको सम्मान त हुने छ नै स“ग–स“गै देशमा धार्मिक तथा सांस्कृतिक पर्यटन विकासको लागि पनि सहयोग पुग्नेछ । त्यसकारण बुद्ध जयन्तीको साथै बुद्धस“ग सम्बन्धित अन्य महान् उत्सवहरूलाई नेपाल सरकारले राष्ट्रिय पर्वको रूपमा मनाउ“नु पर्दछ । आगामि दिनमा सम्बन्धित सरोकार पक्षहरूस“ग सहकार्य गरी राज्यले नै राष्ट्रिय पर्वको रूपमा बुद्ध जयन्ती मनाइयोस् भनि यसै कार्यक्रम मार्फत नेपाल सरकारस“ग अनुरोध पनि गर्दछु । साथै बुद्ध जयन्तीको दिन राज्यले हिंसात्मक कार्य काटमार गर्ने काम तथा मासुको बेचविखनलाई रोक लगाई हिंसा मुक्त दिन घोषणा गरियोस् ।
आज नेपालमा प्राचीन बौद्ध गोन्पा, विहार, वहाल, वही चैत्य आदि जस्ता अमूल्य पुरातात्विक सम्पदालाई व्यवस्थित ढंगले संरक्षण गर्नु पर्ने आवश्यकता रहेकोछ । गोन्पा, विहारहरूमा अध्यापन भइरहेको शिक्षालाई स्तर निर्धारण गरी समकक्षताको व्यवस्था मिलाउ“नु पर्दछ । शील, समाधि र प्रज्ञाले युक्त बौद्ध परम्परा अनुसार गोन्पा, विहारहरूमा अविछिन्न रूपमा अध्ययन अध्यापन भइ रहेको विषयलाई समयानुकुल व्यवस्थित गर्नको लागि स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्बन्धित सरोकारवालाहरूको शिफारिशमा सम्बन्धित विषय विशेषज्ञहरू नै उपकुलपति लगायत अन्य महत्वपूर्ण पदहरूमा मनोनयन गर्ने व्यवस्था गर्नु पर्दछ । जस्ले गर्दा थेरवाद, महायान र वज्रयानका शिक्षाहरूको संरक्षण, विकास गर्न तथा अन्तरराष्ट्रिय विद्यार्थीलाई नेपालमा आउने वातावरण सिर्जन गर्न सकिने छ । बौद्ध धर्मस“ग सम्बन्धित सबै सरकारी निकायहरूको पदाधिकारीहरूमा बौद्ध गुरूहरूकै नियुक्ति हुने व्यवस्था हुनु पर्दछ । नेपालको हिमाल, पहाड, तराईको साथै पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म रहेको सम्पूर्ण बौद्धानुयायीहरूको अधिकार अब निर्माण गरिने संविधानमा सुनिश्चित गर्न मन्त्री परिषद्द्वारा मनोनित गरिने सभासदमा बौद्धहरूको प्रतिनिधित्व सुनिश्चित गरियोस् भनी अनुरोध गर्दछु । साथै सम्पूर्ण बौद्धहरूको समस्यको पहिचान गरी समधान गर्न अधिकार सम्पन्न संवैधानिक बौद्ध आयोगको गठन गर्नु पर्ने विषयमा पनि नेपाल सरकारलाई यस मञ्चबाट ध्यान आकर्षण गर्न चाहन्छु ।’‘ आदि विषय प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कानून,न्याय, संविधानसभा तथा संसदीय मामिला नरहरि आचार्य, विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भिम प्रसाद आचार्य, विशेष अतिथिमा पूर्व मन्त्री इन्द्र बहादुर गुरुङ, पूर्व अर्थमन्त्री वर्षमान पुन, श्रीलांकका राजदूत, वज्रयानका धर्मगुरुका प्रतिनिधि अति श्रद्धेय महापण्डित बद्रीरत्न वज्रचार्य, महायानका धर्मगुरुका प्रतिनिधि परम श्रद्धेय ङावाङ तेन्जीन साङ्बो रिन्पोछे, थेरवाद धर्मगुरुका प्रतिनिधि संघनायक श्रद्धेय भिक्षु अश्वघोष महास्थाविर, लुम्बिनी विकास कोषका उपाध्यक्ष, आचार्य कर्मा साङ्बो शेर्पा अतिथिमा सभासद् र पूर्व सभासद्हरुको उपस्थिति रहेका थिए ।
Click Here for more Photos
https://www.facebook.com/permalink.php?story_fbid=440339752777472&id=273631819448267