सोलु, चैत्र २१
नेपाल बौद्ध महासंघले विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ नेपाल) सँग समन्वय गरी सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न वडाहरूमा बौद्ध शिक्षाको माध्यमबाट वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
चार ओटा वडाहरूमा आयोजना गरिएको उक्त जनचेतना कार्यक्रम चैत्र १४ गतेका दिन खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं. ३, फाग्दिङमा गाउँपालिकाका प्रवक्ता श्री ल्हाक्पा छिरी शेर्पा, चैत्र १६ गतेका दिन वडा नं. ५, नाम्चेमा गाउँपालिका कार्यवाहक अध्यक्ष श्री टासी ल्हामु शेर्पा, चैत्र १९ गतेका दिन वडा नं. ४, खुम्जुङमा वडा अध्यक्ष श्री लक्ष्मण अधिकारी र चैत्र २१ गतेका दिन वडा नं. २ लुक्लामा वडा अध्यक्ष श्री आङ फूर्वा शेर्पाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा, त्यस क्षेत्रका बौद्ध विद्वान् खेन्पो ङावाङ थेग्छोग, लुक्ला क्यब्गोन गोन्पाका खेन्पो, खेन्पो जिग्मे ग्याल्छेन, नेपाल बौद्ध ञिङमा संघका सचिव भिक्षु आङ फूरी शेर्पा, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका सदस्य लामा पासाङ शेर्पा र नेपाल बौद्ध महासंघका कार्यालय प्रमुख आचार्य सार्की शेर्पाले कार्यक्रमलाई सहजीकरण गरिएको थियो ।
बिहान ११ देखि साझा ५ बजेसम्म भएको कार्यक्रममा वडाका सदस्यहरू विभिन्न धार्मिक तथा सामाजिक संघ, संस्था, गोन्पा तथा आमा समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।