काठमाडौँ, चैत्र २
नेपाल बौद्ध महासंघले विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ नेपाल) सँग समन्वय गरी बौद्ध शिक्षाको माध्यमबाट वन्यजन्तु तथा वातावरण संरक्षण विषयक तीन दिने प्रशिक्षकको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँमा आयोजना गरिएको तीन दिने प्रशिक्षण कार्यक्रममा १४ ओटा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । वातावरण तथा वन्यजन्तु सम्बन्धीका विषयहरू विश्व वन्यजन्तु कोषका प्रशिक्षकहरू र बौद्ध शिक्षा सम्बन्धीका विषयहरू बौद्ध दर्शन विज्ञहरूले सहजीकरण गरिएका थिए ।