काठमाण्डौं असोज २७
नेपाल बौद्ध महासंघको पाँचौँ महाधिवेशन परम श्रद्धेय खेन्छेन नाम्डोल रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा तीनचुली बौद्धमा सुसम्पन्न भएको छ । कार्यक्रममा महासंघका उपाध्यक्ष आचार्य नुर्बु शेर्पाले सभालाई स्वागत् गर्नु भएको थियो । त्यस्तै महासचिव खेन्पो कमल भण्डारीबाट त्रिवर्षीय महासचिवको प्रतिवेदन प्रस्तुत गरिएको थियो । तत्पश्चात् विभिन्न संघ संस्थाका प्रतिनिधि, महासंघका सल्लाहकारहरू र चार महायान बौद्ध परम्पराका अध्यक्ष तथा प्रतिनिधिहरूबाट शुभकामना मन्तव्य राखिएको थियो । प्रमुख अतिथि रिन्पोछेज्यूले मन्तव्य राख्ने क्रममा महासंघले विगतका दिनहरूमा बौद्ध धर्म, दर्शन, संस्कृति आदि शिक्षा क्षेत्रमा गरिएका कार्यहरूको प्रसंशा गर्नु हुंदै भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । पाँचौँ महाधिवेशनको शुभ अवसारमा प्रकाशन गरिएको स्मारिकालाई कार्यक्रमका प्रमुख अतिथि रिन्पोछेज्यूले विमोचन गर्नु भएको थियो ।
महासंघका अध्यक्ष आचार्य कर्म रिन्छेन शेर्पाले मन्तव्यको क्रममा तीन वर्षे कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै भावीदिनहरूमा पनि नेपाल बौद्ध महासंघले शिक्षा, वातावरण, धर्म दर्शन क्षेत्रमा विशेष कार्यक्रम तयार गरी अघि बढानु पर्ने कुरा राख्नु भएको थियो । पहिलो सत्रको कार्यक्रमलाई समापन गर्दै अध्यक्षबाट पाँचौँ महाधिवेशनको निर्वाचन मण्डलको लागि परम श्रद्धेय खेन्छेन नाम्डोल रिन्पोछेज्यूको संयोजकमा खेन्पो वागेन्द्र शील, भिक्षु थुप्तेन जिग्डोल, सम्पूर्ण कुमार लामा सदस्य र ङिमा तेन्डुप शेर्पा सचिव गरी पाँच सदस्सिय निर्वाचन मण्डल गठन गरी चौथौँ कार्यसमितिको पदाविधि समाप्त भएको घोषणा गरियो ।
पाँचौँ महाधिबेशको लागि आवश्यक पदमा ञिङ्मा, काग्यु, साक्य र गेलुग चारै परम्पराबाट प्रस्ताव गरेको नामलाई निर्वाचन मण्डलले सर्वजानिक गरिएको थियो र त्यसमा कसैको दाबी, विरोध नरहेपछि सर्वसम्मतबाट आचार्य नुर्बु शेर्पाको अध्यक्षतामा १३ सदस्सियको कार्यसमिति चयन भएको छ । जसमा १. आचार्य नुर्बु शेर्पा अध्यक्ष, २. खेन्पो कमल भण्डारी उपाध्यक्ष, ३. श्री कर्साङ लामा महासचिव, ४. खेन्पो मिङमार नोर्बु शेर्पा सचिव, ५. धावा ग्याल्चेन लामा कोषाध्यक्ष, ६. लोपोन छोइङ राङडोल रोकाय (मगर) सदस्य ७. लोपोन साङ्गे लेग्देन गुरुङ्ग सदस्य, ८. हिसेदोर्जे लामा सदस्य, ९. राजु गुरुङ सदस्य, १०. आनी छोक्यी शेर्पा सदस्य, ११. छिङ छ्योपे गुरुङ सदस्य, १२. मिङमार शेर्पा सदस्य, १३. कर्मा शेर्पा सदस्य रहेका छन् । निर्वाचित नयाँ कार्यसमितिहरूलाई बौद्ध परम्परा अनुसार निर्वाचन मण्डलका संयोजक परम श्रद्धेय खेन्छेन नाम्डोल रिन्पोछेज्यूबाट प्रमण–पत्र वितरण गर्नुभई सपथ ग्रहण गरिएको थियो । अन्तमा गोन्पाहरूका प्रतिनिधिहरू, महासंघका सल्लकार र उपस्थित सबैहरूबाट नव निर्वाचित सदस्यहरूलाई खादा लगाई बधाई शुभकामना व्यक्त गरिएको थियो ।
Click here for more photos : https://www.facebook.com/Nepal-Buddhist-Federation-273631819448267/