साउन- २, रूपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित बुटवल बेलहिया सडक खण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्धका मूर्ति तोडफोड गरिएको प्रति यस नेपाल बौद्ध महासंघको गम्भीर ध्यानाकर्षन भएको छ ।
विश्व शान्तिको प्रतीक बुद्धको मूर्ति तोडफोड गरी मूलकमा अशान्ति निम्त्याउने धार्मिक सद्भाव खल्बलाउने कुकार्यले कसैको हित नहुने भएको हँदा यस प्रकारको निन्दनीय कार्य गर्ने, गराउनेहरूलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार समक्ष जोरदार माग गर्दछु । साथै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खलबलाउने कार्यमा नलाग्न तथा यस्ता कार्यलाई निरुत्साहित गर्न समस्त नेपालीहरूमा हार्दिक अपिल गर्दछु ।