काठमाण्डौ, मंसिर १५
नेपाल बौद्ध महासंघको आयोजनामा नेपालका विभिन्न दलित संघसंस्थाका प्रतिनिधिहरु र भारतका Neo-Buddhists (डा. अम्बेडकर अनुयायी) बौद्धहरूबीच एक दिवसीय कार्यशाला गोष्ठी भूवलडाँडा, तीनचुलीमा सम्पन्न भएको छ ।
उक्त गोष्ठी कार्यक्रम उत्घाटन, छलफल र समापन गरी तीन सत्रमा सम्पन्न भएको थियो । छलफल सत्रमा उपस्थित दलित संघसंस्थाका प्रतिनिधिहरूबीच छलफल गरी नेपालको दुर्गम क्षेत्रहरुमा अहिले पनि जातिय विभेद तथा छुवाछुत भैरहेकोले यसको अन्त्य गर्नको लागि बुद्ध शिक्षालाई गाउँ गाउँसम्म पु¥याउनु पर्ने, उच्च शिक्षामा पहुँच अविवृद्धि गर्नुपर्ने, जातीय पेशा र शिपको संरक्षण प्रवद्र्धन, व्यावसायिक, आधुनीकिरण र बाजारीकरण गर्नुपर्ने, जातिय विभेद विरुद्धको अभियानमा सहयोग र सहकार्य गरी अघि बढानु पर्ने आदि विषयमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको अन्तमा तामील बुद्धिष्ट सोसाइटीका अध्यक्ष गौतम प्रभुले जातिय विभेदको अन्त्य शिक्षाबाट मात्र हुने भएकोलले दलित समुदायले विशेष गरी शिक्षामा जोर दिनुपर्ने भएकोले शिक्षा क्षेत्रमा उहाँको साथ र सहयोग रहने विचार व्यक्त गरिएको थियो । गोष्ठी कार्यक्रममा राष्ट्रिय दलितत आयोगका पूर्व अध्यक्ष– शुशिला सिपाली, नेपाल भारत दलित मैंत्री संघका अध्यक्ष– ओम् प्रकास विक, बू.ना.पा. कार्यपालिका सदस्य– संगम गहतराज, का.म.पा. बौद्ध ६ का दलित वडा सदस्य– कमला वयलकोटी आदिको साथै भारत, बंगलदेश, थाईल्याड आदि देशका प्रतिनिधिहरूको सहभगिता रहेको थियो ।
Click here for more photos