काठमाडौं, फाल्गुन–२२
नेपाल बौद्ध महासंघद्वारा बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा ‘‘२१४१ सिङ् फो ता लो लोसार’’ को शुभ–अवसारमा बधाई तथा लोसार शुभ–कामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
काठमाडौं फागुन – ३
आज विहान नेपाल बौद्ध महासंघले संविधानसभामा बौद्धमार्गीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न ए.ने. का. पा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई आफ्नो निवास लाजिम्पाटमा भेट गरी ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउन नेपाल बौद्ध महासंघका सल्लाहकार ङिमी शेर्पा, माननीय सभासद् ओङदी शेर्पा, महासंघका अध्यक्ष फुपु छेम्बेको साथै अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले २०७० फागुन १ गतेदेखि लागु हुने गरी ३ बर्षको लागि ११ सदस्यि विद्या परिषद् गठन गरिएको छ ।
काठमाडौं माघ १५
संविधानसभामा बौद्धमार्गीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल बौद्ध महासंघकाले हिजो विहान नेपाल कांग्रेसका सभापति सुशील कोइरालालाई आफ्नै निवास महाराजगन्जमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन पूर्व सभासद् तथा नेपाल बौद्ध महासंघका सल्लाहकार जिप छिरिङ शेर्पा, अध्यक्ष फुपु छेम्बे शेर्पा, महासचिव आचार्य नुर्बु शेर्पाका साथै अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
काठमाडौं – माघ १३
नेपाल बौद्ध महासंघका सल्लाहकार माननीय कृपासुर शेर्पा सहित प्रतिनिधिहरुले ने. का. पा ऐमालका अध्यक्ष जलनाथ खनाललाई नेपालको हिमाल, पहाड, तराईसम्म रहेको सम्पूर्ण बौद्धानुयायीहरूको अधिकार अब निर्माण गरिने संविधानमा सुनिश्चित गर्न मन्त्री परिषद्द्वारा मनोनित गरिने २६ जनाको सिट मध्ये कम्तिमा पनि बौद्ध अनुयायीहरूको प्रतिनिधित्व हुने गरी ५ जना सभासद मनोनित गरियोस् भनी माग सहित ढाल्लु स्थित ने. का. पा ऐमालका अध्यक्षको निवासमा आज ज्ञापनपत्र बुझाएको थियो ।
काठमाण्डौ, मंसिर २९
गत मंसिर १५ गते सम्पन्न नेपाल बौद्ध महासंघको तेस्रो महाधिवेसनबाट नव निर्वाचित कार्यसमितिले विभिन्न संघ संस्थाहरुसँग कुशल पाटी प्यालेस, बौद्ध पिपाल बोटमा परिचयात्मक चियापान कार्यक्रम आयोजना गरिएको थियो ।
काठमाण्डौं मसिंर–१५
नेपाल बौद्ध महासंघको तेस्रो महाधिवेशन श्रद्धेय श्री छुजाङ रिन्पोछे ज्यूको प्रमुख आतिथ्यमा बौद्ध गाडेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा सुसम्पन्न भएको छ ।