धुलिखेल, कार्तिक–२६
परम्परागत रुपमा संचालन गरिन्दै आएको गोन्पा/विहार शिक्षालाई राष्ट्रिय शिक्षा प्राणालीको मूलधारमा ल्याई विश्व स्तरमा राज्यको मान्यतालाई प्रस्तुत गर्न र गोन्पा/विहार शिक्षा परम्परालाई आधुनिक परिवेशमा अझ सशक्त रुपमा अध्ययन–अध्यापन गर्ने मूलोद्देश्यका साथ गोन्पा/विहार विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई शैक्षिक तालिम केन्द्र, धुलिखेलमा १० दिने गोन्पा/विहार शिक्षा शिक्षक तालिम शुरु भएको छ ।
गत असोज २८ गतेका दिन वाराणसीबाट १५ दिने शैक्षिक भ्रमणमा आउनु भएका विद्यार्थीहरुलाई भुवलडाँडा, तीनचुलीमा नेपाल बौद्ध महासंघले चियापान कार्यक्रमका साथ स्वागत गरिएको छ ।
काठमाण्डौ, भाद्र २९
नेपाल बौद्ध महासंघले बौद्ध तीनचुलीमा एक विषेश कार्यक्रम गरी “भक्ति दर्शन’’ टेलिभिजनमा २०७१ असोज महिनाको पहिलो हप्ताको आईतबारदेखि साप्तहिक रुपमा विहान ६.३० देखि ७ बजेसम्म “बौद्ध सन्देश’’ नामक कार्यक्रम प्रसारणको साथै चौमासिक पत्रिका प्रकाशन गर्ने कुरा सर्वजानिक गरिएको थियो ।
काठमाण्डौ जेष्ठ–३०,
नेपालका बौद्धमार्गीहरुले बौद्ध पवित्र स्थालहरुमा विभिन्न कार्यक्रमका साथ सागा दावा पर्व मनायो । सागा दावा पर्वका दिन बौद्ध, स्वयंभू, नमो बुद्ध आदि पवित्र स्थानका चैत्यहरुको परिसरमा बौद्धमार्गीहरु आस्था र विश्वासका साथ परिक्रम, पाठपूजा, मन्त्र जप, अष्ठांग ढोक आदि पुण्य सञ्चय गर्नको लागि घुइँचो लागेको थियो । गोन्पाहरुमा भिक्षु, श्रमणेर, श्रमणेरिका र उपसाकहरु शील धारण गरी ञ्युङन्ये व्रत बस्ने प्रचलन रहेको छ ।
काठमाण्डौं, बैशाख १८
“सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना” भन्ने मूल नाराका साथ शाक्यमुनि भगवान् बुद्धको जन्मभूमि नेपालमा बौद्ध सघं संस्थाहरू, आदिवासी जनजाति संगठन र बुद्ध प्रति श्रद्धा राख्नेहरूले बुद्ध जयन्तीलाई सप्ताह व्यापी कार्यक्रमका साथ सामूहिक रूपमा २५५८ आंै बुद्ध जयन्ती मनाएको थियो ।
नवलपरासी – चैत्र २२
नेपाल बौद्ध महासंघका अध्यक्ष फुपु छेम्बे शेर्पाले यस वर्षदेखि नेपालका सम्पूर्ण बौद्धमार्गीहरूको संयुक्त आयोजनामा विश्वशान्तिका महानायक भगवान् गौतम बुद्धको जन्म जयन्तीलाई सप्ताह ब्यापी कार्यक्रमका साथ मनाउँने कार्यक्रम रहेको बताउनु भएको थियो ।
काठमाण्डौ चैत्र–१६
उपप्रधान एवं संघीय मामिल तथा स्थानीय विकास मन्त्री प्रकासमान सिंहलाई नेपाल बौद्ध महासंघले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको नियुक्ति र गोन्पाहरुको कर छुट सम्बन्धमा महासंघका वरिष्ठ सल्लाहकार खेन्पो ग्युर्मी छुल्ठीम, अध्यक्ष फुपु छेम्बे शेर्पा, महासचिव आचार्य नुर्बु शेर्पा लगयात सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा ज्ञापन–पत्र बुझाएको थियो ।