काठमाण्डौ, मंसिर १५
नेपाल बौद्ध महासंघको आयोजनामा नेपालका विभिन्न दलित संघसंस्थाका प्रतिनिधिहरु र भारतका Neo-Buddhists (डा. अम्बेडकर अनुयायी) बौद्धहरूबीच एक दिवसीय कार्यशाला गोष्ठी भूवलडाँडा, तीनचुलीमा सम्पन्न भएको छ ।
काठमाण्डौ, साउन ९
नेपाल बौद्ध महासंघको ११ औं वार्षिक साधारण सभा बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा नेपाल बौद्ध महासंघका सल्लाहकार श्री माननीय जीप छिरिङ शेर्पाज्यूको प्रमुख आतिथ्य सुसम्पन्न भएको थियो ।
२०७५ असार ४ गते,
भाषा आयोगद्वारा आयोजित शास्त्रीय भाषाहरूको वर्तमान अवस्था, समस्या, चुनौति र अवसर विषयक एक दिने संगोष्ठी सम्पन्न भएको छ । उक्त संगोष्ठीमा भोट भाषा, पाली भाषा र संस्कृत भाषाको नेपालमा वर्तमान अवस्था, चुनौति र अवसर विषयमा तीन ओटा कार्यपत्र प्रस्तुत भएको थियो । नेपाल बौद्ध महासंघका उपाध्यक्ष आचार्य नुर्बु शेर्पाले भोट भाषा, डा. रीना तुलाधरले पाली भाषा र डा. गुरु प्रसाद सुवेदीले संस्कृत भाषा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
काठमाण्डौ, जेठ–१५
नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा प्रणिधान (मोन्लाम) यस वर्ष बौद्ध स्थित थरलाम गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रामणेर, श्रामणेरिकाहरूको उपस्थितिमा दुई दिने विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । प्रणिधान (मोन्लाम) कार्यक्रममा विशेष अतिथिको रूपमा एक एक सत्रमा पालै पालो चारै परम्पराका विशिष्ठ श्रद्धेय रिन्पोछेहरूलाई आमण्त्रण गरिएको थियो । मोन्लाम पूजा कार्यक्रम स्थलमा बुद्धको अस्तु धातु (रिङ्सेल) लाई श्रद्धालु भक्तजनहरूलाई दर्शनको लागि राखिएको थियो ।
काठमाडौं, फाल्गुन–७
वार्षिक रुपमा नेपाल बौद्ध महासंघले आयोजन गर्दै आएको लोसार शुभकामना आदान प्रदान यस वर्ष बौद्ध गार्डेन पाटी प्यालेस, भूवलडाँडा, तीनचुलीमा परम श्रद्धेय श्याप्टुङ रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा आज सुसम्पन्न भएको छ ।
कार्तिक १९,
नेपाल बौद्ध महासंघद्वारा बौद्ध विधालय समिति नेपालको सह-आयोजक र खेन्चे फ़ाउन्डेशनको प्रायोजकमा आयोजित गोन्पा शिक्षा सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी बौद्ध गार्डेन पार्टी प्यालेस, तीनचुलीमा सम्पन्न भएको छ । नेपालको विभिन्न जिल्लाका ३७ वटा गोन्पाका प्रतिनिधिहरूको सहभागितामा कार्तिक १७ गतेबाट शुरु भएको कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।
काठमाण्डौ, श्रावण २०
नेपाल बौद्ध महासंघको दसौं वार्षिक साधारण सभा बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा श्रद्धेय खेन्पो वागेन्द्र शीलाज्यूको प्रमुख अतिथ्य तथा नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाज्यूको अध्यक्षतामा सुसम्पन्न भएको थियो ।
काठमाण्डौ, जेठ–२७
नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा पर्व यस वर्ष बौद्ध स्थित शेक्षेन गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको व्यापक उपस्थितिमा दुई दिने विशेष पूजा कार्यक्रम गरी सम्पन्न भएको छ । चार सत्रमा सम्पन्न भएको पूजा कार्यक्रममा विशेष अतिथिको रुपमा एक एक सत्रमा पालै पालो चारै परम्पराका विशिष्ठ श्रद्धेय रिन्पोछेहरूलाई आमण्त्रण गरिएको थियो ।
काठमाण्डौं पौष–७
नेपाल बौद्ध महासंघको चौथौं महाधिवेशन परम श्रद्धेय छोक्लिङ रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा हयात् रीजन्सी, तारागाँउ बौद्धमा सुसम्पन्न भएको छ ।
उक्त कार्यक्रममा महासंघका सचिव छिरिङ छोटीन शेर्पाले सभालाई स्वागत् गर्नु भएको थियो । स्वागत् मन्तव्यको क्रममा महासंघले तीन वर्षमा सरकारी तथा गैर–सरकारी संघसंस्थाहरुसँग समन्वय गरी बौद्ध शिक्षा, वातावरण, बौद्ध धर्म, दर्शन आदि क्षेत्रमा कार्य गरिएको कुरा पनि राख्नु भयो । त्यस्तै महासंघका कोषाध्यक्ष कमल भण्डारीबाट आर्थिक प्रतिवेदन र महासचिव आचार्य नुर्बु शेर्र्पाबाट त्रिवर्षीय महासचिवको प्रतिवेदन प्रोजेक्टरबाट दृश्य सहित प्रस्तुत गरिएको थियो । तत्पश्चात् महासंघका सल्लाहकारहरु र चार महायान बौद्ध परम्पराका अध्यक्ष तथा प्रतिनिधिहरुबाट आफ्नो मन्तव्य राखिएको थियो । प्रमुख अतिथिले मन्तव्य राख्ने क्रममा महासंघले विगतका दिनहरुमा बौद्ध धर्म, दर्शन, संस्कृति आदि शिक्षा क्षेत्रमा गरिएका कार्यहरुको प्रसंशा गर्नु हुंदै भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । महासंघले चौथौ महाधिवेशनको शुभावसरमा तीन वर्षे कार्यकालको स्मारिका पनि प्रकाशन गरिएको थियो । जुन स्मारिका कार्यक्रममा प्रमुख अतिथि रिन्पोछेज्यूले विमोचन गर्नु भयो ।
काठमाण्डौ, कार्तिक १९
नेपाल बौद्ध महासंघ र जिरो वेस्ट इनिश्यटिव नेपालको सहकार्यमा एक दिने 'We, our environment and zero waste initiative' फोहोर व्यवस्थापन कार्यशाला गोष्ठी बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा सम्पन्न भएको छ । विश्व बन्यजन्तु कोषका निर्देशक डा. घनश्याम गुरुङज्यूको प्रमुख आतिथ्यमा विहान ९ बजे उत्घाटन भएको उक्त कार्यक्रम बेलुका ५ बजे सम्पन्न भएको थियो ।