धुलिखेल, जेष्ठ–२३
शैक्षिक तालिम केन्द्र धुलिखेलको आयोजनामा गोन्पा विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई आजदेखि १० दिने शिक्षकको पेशगत विकास (टी.पी.डी.) तालिम शैक्षिक तालिम केन्द्र धुलिखेलमा शुरु भएको छ । उक्त तालिम कार्यक्रम विहान १०ः३० बजे सोहि तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक श्री सिताराम कोइरालज्यूको प्रमुख आतिथ्यमा भएको थियो । उत्घाटन सत्रमा नेपाल बौद्ध महासंघका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा तथा गोन्पा विहार व्यवस्थापन परिषद्का अध्यक्ष आचार्य नुर्बु शेर्पाको पनि उपस्थिति रहेको थियो ।
काठमाण्डौं, बैशाख–१२
उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा, सानोठिमी, भक्तपुरमा का. मु. महाशाखा प्रमुख, रामचन्द्र पाण्डेको अध्यक्षतामा मिति २०७० बैशाख १२ गते बसेको बैठकले गोन्पा शिक्षा कक्षा–११ र १२ को पाठ्यक्रम निर्माण गर्ने निर्णय गरिएको थियो ।
आज भन्दा २५५७ औं वर्ष पूर्व नेपालको लुम्बिनी उद्यायनमा शाक्य कुलका राजा शुद्धोधन तथा रानी महा मायादेवीको सुपुत्रको रुपमा जन्म लिनु भएका राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा यस संसारिक दुःखबाट पीडित प्राणीहरुको उद्घारको लागि आफ्नो परिवार सहित वैभवशाली राजदरवारलाई त्यागेर ज्ञानको खोजिमा निस्कनु भयो । तत्कालिन ख्यातिप्राप्त गुरुहरु कहाँ जानुभई विभिन्न प्रकारका शिक्षाहरु हासिल गर्नु भएता पनि यथार्थ ज्ञान प्राप्त नभए पछि ती सबै गुरुहरुबाट विदा भई ६ वर्षसम्मा साधना गर्दै अन्तमा नैरञ्जना नदीको किनारमा बोधिवृक्षको मुनि पूर्वाभिमुक आसनमा बस्नुभई सम्यक् सम्बोधि प्राप्त नभएसम्मा आफु त्यस स्थानबाट नउठने दृढसंकल्प गरेपछि वैशाख पुर्णिमाको दिन मारहरुमाथि विजय प्राप्त गर्दै प्रतीत्यसमुत्पादको ज्ञान हासिल गरी बुद्धत्त्व प्राप्त गर्नु भयो ।