• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

महासंघको दसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ, श्रावण २०


नेपाल बौद्ध महासंघको दसौं वार्षिक साधारण सभा बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा श्रद्धेय खेन्पो वागेन्द्र शीलाज्यूको प्रमुख अतिथ्य तथा नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाज्यूको अध्यक्षतामा सुसम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा महासंघका सचिव कर्मा टासी घलेबाट प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुलाई स्वागत्, कोषाध्यक्ष कर्साङ लामाबाट आर्थिक वर्ष २०७३–०७४ को आय–व्यय तथा महासचिव कमल भण्डारीबाट आर्थिक वर्ष २०७३–०७४ मा नेपाल बौद्ध महासंघले गरिएको शैक्षिक, सामाजिक, धार्मिक र परोपकारी कार्यहरूको प्रगति विवरणको साथै भावीकार्य योजना पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपस्थित नेपाल बौद्ध महासंघका सल्लाहकार विनोद लामा, ङिमी शेर्पा, डा. घनश्याम गुरुङ, भिक्षु थुप्तेन जिग्डोलहरुबाट पनि आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा सबैले नेपाल बौद्ध महासंघले गरिएका कार्यहरुको प्रशंसाका साथ खुशी व्यक्त गर्नु हुँदै भविष्यमा पनि यस्त कार्यलाई निरन्तरता दिनु पर्ने विचार राख्नु भएको थियो । कार्यक्रमको अन्तमा महासंघका उपाध्यक्ष आचार्य नुर्बु शेर्पाबाट आफ्नो मन्तव्यको साथै उपस्थित पदाधिकारी सल्लाहकार, साधारण सदस्य, विभिन्न गोन्पा तथा संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रम सफल बनाउनु भएकोेमा धन्यवाद व्यक्त गर्नु भएको थियो । अन्तमा महासंघका अध्यक्षज्यूबाट सल्लकारहरुले दिनु भएको सल्लाह सुझावलाई ध्यानमा राखी महासंघको कार्यक्रमलाई आगडि बढाउने प्रतिवद्धताका साथ दसौं साधारण सभाको कार्यक्रमलाई विसर्जन गरिएको थियो ।

Click here for more photos https://www.facebook.com/permalink.php?story_fbid=1118450578299716&id=273631819448267